२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घट्यो

५ भाद्र २०७७, शुक्रबार ०९:४०

भदौ ५ म्याग्दी । गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)का कारण सो आवको पछिल्लो चार महिना पर्यटक आगमन शून्य रह्यो । स्वदेशी र विदेशी दुवै किसिमका पर्यटक आगमनसँगै पर्यटन र होटल ब्यवसाय ठप्प भएको छ । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार ७६ साउनदेखि २०७७ असारसम्म म्याग्दी घुम्ने पर्यटकको सङ्ख्या ५० हजार थियो । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३४ प्रतिशतले घटेको बताउनुभयो ।  ‘‘आव  २०७४/७५ र २०७५/७६ मा ७५ हजारको हाराहारीमा पर्यटक आएका थिए,’’ उहाँले भन्नुभयो ‘‘गएको वर्ष फागुनसम्म मात्र पर्यटक आएको देखिन्छ । त्यसपछि शून्य छ ।’’ 

आव २०७५/७६ मा ७५ हजार १९१, २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार ६३२ जना थियो । गतवर्ष म्याग्दी भित्रने पर्यटक ३० हजार र बाहिरिने २० हजार जना छन् । बन्दाबन्दी र अन्तरराष्ट्रिय उडान तथा नाका बन्द भएकाले  चैत, वैशाख, जेठ र असार महिनामा पर्यटक सङ्ख्या शून्य छ । 

गत कात्तिकमा सबैभन्दा बढी १३ हजार ११९ र असोजमा १० हजार ३७ जना पर्यटक आएका छन् । घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहिरीने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गरिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताउनुभयो । 

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी, पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् । 

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन् । बेनी, तातोपानी, घोरेपानीलगायत स्थलमा पर्यटकलाई लक्षित गरेर दुई सय बढी सुबिधा सम्पन्न होटल तथा लज छन् । 

कोरोनाले पर्यटन क्षेत्रलाई तहसनहस बनाएको भुरुङ्ग तातोपानीका होटल ब्यवसायी अमृतमान शेरचनले बताउनुभयो । “होटल र पर्यटन मजदुरको रोजगारी गुमेको छ । व्यवसायीले बैंकको ऋण तिर्न समस्या भएको छ । कृषकले उत्पादन गरेका वस्तु बेच्न पाएका छैनन्,’’ उहाँले भन्नुभयो ‘‘धेरै क्षेत्रसँग जोडिएकाले होटल तथा पर्यटन ठप्प हुँदा मानिसको आर्थिक र जनजीवनमा समेत प्रभाव पारेको छ ।’’ रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय आज एकैदिन प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने