2026-09-08 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तिमी सँग गहिरो माया बस्यो जलजला’ (१३ तश्वीर सहित)

सचिन्द्र श्रेष्ठ | गीतको भावले भने जस्तो अत्यन्त मोहनी लगाउने जलजला, हुन त यो गीत र स्थान फरक हुदाहुँदै पनि समुन्द्रि सतह देखि ३००० मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सिमा क्षेत्रमा पर्छ ।

हिउँदमा हिंमपात र बर्षातमा हरियालीसंगै बसन्तको अन्तिम समय सम्म पनि सेतो र रातो लालीगुराँसले शुसज्जित जलजलाको सिमसार क्षेत्रलाई कास्कीको नयाँपुल तिर बग्ने भागमा बाँध बाँधेर ताल बनाउने विषयमा सम्भाव्यता अध्ययन गरि तलाउ बनाउनु पर्ने माग आए पनि हाल सम्म उचित ब्यबस्थापन नभएका कारण जलजलालाई थप आकर्षक पर्यटकीय गन्तब्य स्थल बनाउन सकिएको छैन  ।

अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नाङ्गी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हुदै जलजला पुग्न सकिन्छ ।साथै कुस्मा बजार देखि ७,८ घण्टाको उकालोमा धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न र हेर्नसकिने यो जलजला प्रचार प्रसार,अध्ययन अनुसंधान र पूर्वाधारको कमीले पर्यटकीय गन्तब्य हुदा पनि पछाडि छ तसर्थ समयमै यस तर्फ ध्यान दिए पर्यटक ब्यसाय र पर्यटन प्रबधनमा ठुलो राहत हुने थियो।

तस्बिर क्रेडिट: लक्षमण लक्ष्य 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम