साउन १२, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामा"/>
२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

नेपालमै पहिलो पटक ग्रान्डी अस्पतालमा बाङ्गो ढाडको सफल उपचार

१२ श्रावण २०७३, बुधबार ०५:२४

साउन १२, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामाको बाङ्गो ढाडको सफल उपचार गरिएको हो । यस्तो उपचार नेपालमै पहिलो भएको अस्पतालले दाबी गरेको छ । 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा विनोद बिजुक्छेको टोलीले निमाको ढाडको बाङ्गोपना जन्मसँगै सुरु भएको बताए । 

यसलाई चिकित्सकीय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने उनले बताए । पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ । 

निमामा यो समस्याले उनको फोक्सोको विकासमा असर पु¥याउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाइ छ । 

उनले भने, ‘‘यस समस्याको उपचारमा विशेषगरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हो । बच्चाको उचाइ बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यससँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाउँ पाउँछ, सबैभन्दा प्रमुख कुरा उनको जीवन सहज बनाउनु हो ।’’ 

निमाको उपचारमा डा विनोद बिजुक्छेसँगै डा जावेद अहमद खान र डा प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारी संलग्न रहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो