साउन १२, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामा"/>
2026-07-03 07:52 PM
काठमाडौँ - KTM

नेपालमै पहिलो पटक ग्रान्डी अस्पतालमा बाङ्गो ढाडको सफल उपचार

साउन १२, काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बाङ्गो ढाडको सफल उपचार गरिएको छ । काभ्रे जिल्लाकी आठ वर्षीया निमा लामाको बाङ्गो ढाडको सफल उपचार गरिएको हो । यस्तो उपचार नेपालमै पहिलो भएको अस्पतालले दाबी गरेको छ । 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका स्पाइन सर्भिसेजका निर्देशक डा विनोद बिजुक्छेको टोलीले निमाको ढाडको बाङ्गोपना जन्मसँगै सुरु भएको बताए । 

यसलाई चिकित्सकीय भाषामा अर्ली अनसेट स्कोलियोसिस भनिने उनले बताए । पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ । 

निमामा यो समस्याले उनको फोक्सोको विकासमा असर पु¥याउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाइ छ । 

उनले भने, ‘‘यस समस्याको उपचारमा विशेषगरी ढाडलाई थप बाङ्गो हुनबाट बचाउनुपर्ने हो । बच्चाको उचाइ बढ्दै जाने भएकाले त्यसलाई पनि समायोजन गर्दै लैजानुपर्ने हुन्छ । यससँगै फोक्सो बस्ने घरलाई पनि फराकिलो बनाउनुपर्ने हुन्छ जसले गर्दा फोक्सोले बढ्ने ठाउँ पाउँछ, सबैभन्दा प्रमुख कुरा उनको जीवन सहज बनाउनु हो ।’’ 

निमाको उपचारमा डा विनोद बिजुक्छेसँगै डा जावेद अहमद खान र डा प्रशान्त अधिकारीको संलग्नता रहेको थियो भने एनेस्थेसियामा डा मुरारीराज उप्रेती र डा अर्चन अधिकारी संलग्न रहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो