Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न काँग्रेसको माग

२०७७, १८ भाद्र बिहीबार ०७:५५

भदौ १८, काठमाडौँ । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ ।

काँग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक प्रेस नोट जारी गरी कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक सङ्कट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो । काँग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले विज्ञप्तिमार्फत सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहीनता र निष्क्रियताको निन्दा गर्नुभएको छ ।

नेपाल सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाउँदै उहाँले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको टिप्पणी गर्नुभएको छ । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिनुका साथै सङ्क्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ