१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न काँग्रेसको माग

१८ भाद्र २०७७, बिहीबार ०७:५५

भदौ १८, काठमाडौँ । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ ।

काँग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक प्रेस नोट जारी गरी कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक सङ्कट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो । काँग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले विज्ञप्तिमार्फत सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहीनता र निष्क्रियताको निन्दा गर्नुभएको छ ।

नेपाल सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाउँदै उहाँले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको टिप्पणी गर्नुभएको छ । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिनुका साथै सङ्क्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु