१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योग व्यापार क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको माग

१८ भाद्र २०७७, बिहीबार ०९:१९

भदौ १८, काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेको र थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा पुगिसकेको जनाएको छ । विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा कोरोनाले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा छलफल भएको थियो । 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आक्रान्त बनाएको छ । नेपालमा पनि सङ्क्रमणको दर बढ्दो रूपमा देखिएको छ भने देशको आधाभन्दा बढी भूभागमा यतिबेला बन्दाबन्दीदेखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको छ । बैठकले चाँडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न सङ्घ संस्था तथा विभिन्न व्यक्तिहरुसँग छलफल गर्नेसमेत निर्णय गरेको विभागका सचिव दीर्घमान श्रेष्ठले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु