रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपाली काँग्रेस र माओवादी के"/>
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपाली काँग्रेस र माओवादी के"/>
साउन १२, काठमाडौँ । सङ्घीय समाजवादी फोरमका नेता लालबाबु रावतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताएका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपाली काँग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताए ।
उनले मधेसी मोर्चाका लागि सरकार मुख्य कुरा होइन मधेसको मुद्दा, आन्दोलन र मधेसी जनताको पीडा मुख्य कुरा रहेको बताए ।
नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नयाँ सरकारले मधेसी, महिला, आदिवासी, जनजातिको माग सम्बोधन गर्ने तथा शान्ति प्रक्रियाको अझै पूरा भई नसकेकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताए ।
उनले भूकम्पपीडितलाई पुनःस्थापना र देशमा सरकार छ भनेर जनतालाई अपनत्व बोध गराउने बताए ।