१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आफ्नै लेखा एकाइ स्थापना गर्दै कर्णाली सरकार

२४ भाद्र २०७७, बुधबार १०:१८

भदौ २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरिएको हो ।

प्रदेशका कार्यालयहरु स्थापना नहुँदा मलेनिकाले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो । प्रदेश मातहतका कार्यालयको लेखा प्रणाली नियन्त्रण, ब्यवस्थित बनाउन तथा सहजीकरण गर्न आफ्नै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानबहादुर वमले जानकारी दिनुभयो । सुखेतमा प्रदेशबाट हेर्ने गरी बाँकी नौ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक वमले जानकारी दिनुभयो । उहाँका अनुसार हुम्ला र सल्यानमा कार्यालय स्थापना गरिएको छ भने अन्य जिल्लामा एक हप्ताभित्र स्थापना गरिने छ ।

वित्तिय अनुशासन कायम गर्न तथा प्रदेशको बजेट लक्षित समुदायसम्म पु¥याउन बजेटको निकाशा तथा भुक्तानीमा सहज होस् भनेर कार्यालय स्थापना गरिएको हो । नियन्त्रक वमले एकाई कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ्ग गर्न आफ्नो अनुदान कहाँ कति खर्च भएको छ यथार्थ जानकारी आउने विश्वास ब्यक्त गर्नुभयो । कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत ७र८  तहको प्रमुख रहने गरी एक जना, ५र६  तहका दुई जना र एक जना कार्यालय सहयोगी रहने छन् ।

कर्मचारीको अभावको कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला जिल्लामा कार्यालय प्रमुखमा लेखा अधिकृत ७र८ तथा हुम्ला, मुगु, डोल्पा र कालिकोटमा भने कार्यालय प्रमुखमा अधिकृत ५र६ तहको दरवन्दीमा भएका छैटौँ तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोकिएको तथा सुर्खेतमा भने प्रदेश कार्यालयले नै हेर्ने नियन्त्रक वमले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षदेखि प्रदेश मातहतका कार्यालयको आन्तरिक लेखापरीक्षण प्रदेश आफैँले गर्नेछ । 

कर्णाली आउन उत्साहित 

प्रदेश लेखा एकाईको जिल्लामा कार्यालय स्थापना हुन थालेपछि समायोजन भएर कर्णाली आउने लेखाको कर्मचारीहरु उत्साहित भएको वमले बताउनुभयो । उहाँका अनुसार हालै मात्र लेखा समूहका २२ जना कर्मचारीले कर्णाली आउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सहमति लिएका छन् । कर्णाली प्रदेशमा लेखा समूहको विभिन्न तहका ३९ जना कर्मचारी अपुग छन् । लेखा समूहका ९र१० तहका एक जना, ७र८ तहका १३ जना, ५र६ तहका २२ जना र ४र५ तहका ३ जना कर्मचारी अपुग भएको प्रमुख वमले जानकारी दिनुभयो । हाललाई  मौज्दात जनशक्तिबाट नै काम सञ्चालन गर्नेगरी सबै जिल्लामा खटाइएको छ । अब सङ्घबाट समायोजन भएर आएपछि सहज हुने उहाँको भनाइ छ ।

प्रदेश सरकार मातहतका सुर्खेत बाहेक नौ जिल्लाका ७४ वटा कार्यालयका लागि लेखा एकाई स्थापना गरिएको छ । सुर्खेतमा रहेका मन्त्रालय, योजना आयोग, प्रदेशसभा सचिवालय, मुख्यन्यायाधिवक्ताको कार्यालय, विभिन्न मन्त्रालयका निर्देशनालयहरु, तालीम केन्द्रहरु, प्रयोगशाला तथा जिल्लास्थित कार्यालयको काम भने प्रदेश लेखा नियन्त्रक कार्यालयले गर्नेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त