२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करणीका घटनामा अधिकांश छिमेकी र आफन्त संलग्न

२८ भाद्र २०७७, आईतवार ११:०२

भदौ २८, रोल्पा (रासस) । जबर्जस्ती करणीका घटना अधिकांश आफन्त र छिमेकीबाट हुने गरेको पाइएको छ । जिल्लामा आएका करणीका उजूरीमा आफन्त र छिमेकी संलग्न भएको बढी आउने गरेको बताइएको छ । गत आर्थिक वर्षमा जिल्लामा भएका १४ जबर्जस्ती करणीका घटनामध्ये सबै आफन्त, छिमेकी  र चिनेजानेकाबाट भएको देखिएको हो । 

जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा दर्ता भएका १४ जबर्जस्ती करणीका उजूरीमध्ये नौ वटामा छिमेकी संलग्न भएको पाइएको छ । यसै गरी एउटा घटना दाजुले बहिनीलाई, एउटा फुपाजूले भदैलाई, एउटा घटना काकाले भतिजीलाई, एउटा घटना छोराले आमालाई  र एउटा घटनामा अलिक टाढाको आफन्तले जबर्जस्ती गरेको   देखिएको छ ।

घटनामा नातागोता, छिमेकी र परिचित व्यक्ति संलग्न हुने भएकाले पक्राउ गर्न सहज हुने गरेको प्रहरीले बताएको छ । चिनेजानेका व्यक्तिले करणी गर्दा पीडितलाई किटानी उजूरी दिन र प्रहरीलाई दोषी पक्राउ गर्न सहज हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शङ्कर खड्काले बताउनुभयो । यस्ता घटनामा संलग्न  भएको उजूरी पर्नासाथ प्रहरी अभियुक्त पक्राउ गर्न सफल भएको जनाइएको छ । 

चिनेजानेकाबाटै करणी भएका घटनामा निर्दोष फस्ने सम्भावना कम हुने उहाँले बताउनुभयो । आफन्त र चिनेजानेकाबाट हुने करणीका कारण धेरै घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याउने गरेको पनि पाइएको छ । क्षमा दिन नमिल्ने र लुकाउनै नमिल्ने भएपछि मात्रै पीडित न्यायका लागि अड्डाअदालत धाउने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउनुहुन्छ । 

जिल्लामा जबर्जस्तीका  घटना वर्षेनी बढ्न थालेका छन । आव २०७२/०७३ मा  दुई जबर्जस्ती करणी र एक  जबर्जस्ती करणी उद्योगमा उजूरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ । यस्तै आव २०७५÷०७६  मा जबर्जस्ती करणी र जबर्जस्ती  करणीको उद्योग क्रमशः आठ र एक वटा  भएको देखिन्छ ।  गत आवमा करणीका घटनामा वृद्धि भएको देखिन्छ । गत आवमा १४  जबर्जस्ती करणी र एउटा करणी उद्योगको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण अघिल्लो वर्ष महिला हिंसाका अधिकांश घटना बढ्ने क्रममा जबर्जस्ती करणीका घटनासमेत बढेको देखिन्छ । लकडाउनले सामाजिक सचेचीकरणका कार्यक्रम गर्न नपाउँदा पनि अघिल्लो वर्ष महिला हिंसाका घटना अलिक बढी देखिएको जिल्ला प्रहरी  प्रवक्ता खड्काले बताउनुभयो ।

समाजमा शान्ति र अमनचयन कायम गर्न अहोरात्र खटिरहेको प्रहरीले महिला हिंसा न्यूनीकरणलाई प्राथमिता दिएको प्रवक्ता खड्काको भनाइ छ । अवस्था सहज हुनेबित्तिकै समुदाय तथा विद्यालयमा सचेतीकरणका कार्यक्रम लैजाने  योजना बनाइएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान