कृष्ण कुमार गुप्ता | अहिले सम्पुर्ण बिस्व कोरोना माहामारीको चपेटमा परिसकेको छ । संसारका सबभन्दा शक्तिशाली देश अमेरिकामा सबभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कुमार गुप्ता | अहिले सम्पुर्ण बिस्व कोरोना माहामारीको चपेटमा परिसकेको छ । संसारका सबभन्दा शक्तिशाली देश अमेरिकामा सबभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । "/>
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारी, नेकपा विवाद र एमसीसी

२०७७, ३१ भाद्र बुधबार १५:४०

कृष्ण कुमार गुप्ता | अहिले सम्पुर्ण बिस्व कोरोना माहामारीको चपेटमा परिसकेको छ । संसारका सबभन्दा शक्तिशाली देश अमेरिकामा सबभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । संसारका सबै देशहरुको अर्थतन्त्र धारासाही भइसकेको छ । नेपाल पनि यो कोरोना माहामारीबाट अछुतो छैन । नेपालमा पहिलो कोभिड–१९ का बिरामी चीनबाट आएको थियो । पछि इटलि र अरु देशहरुबाट पनि बिरामीहरु आएको थियो तर अहिले भारतबाट आएको नेपालीहरु आउँदा संक्रमण ह्वात्तै बढ्यो मृतकको संख्या पनि दुई सयभन्दा बढी पुगिसकेको छ । संक्रमितको संख्या पनि चालिस हजारभन्दा बढी पुगिसकेको छ । प्रत्येक दिन लगभग हजार जना नयाँ संक्रमित थपिँदै छन् । अहिले हट पोइन्ट बनेका प्रदेश नम्बर २ र काठमाडौंको स्थिति झन् बिग्रदै छ । प्रदेश नम्बर २ को सरकार पूर्ण रुपले नाकामयाब भइसकेको छ, संघ सरकारले ओभरटेक गर्ने बेला आइसकेको छ ।

नेकपाले अहिले देशको नेतृत्व गरिरहेको छ, धेरै दिनपछि नेपालले स्थायी सरकार पाएको छ, लगभग २÷३ का सरकारले देशलाई एउटा नयाँ दिशातिर डो¥याउँदै छ देशले स्वाधिनतालाई ध्यानमा राखी विश्व सामु एउटा महत्त्वपूर्ण देशको रूपमा चिनिदै छ । त्यसकारण विदेशी शक्तिहरु चलखेल गरेर नेकपामा विवाद उत्पन्न गराएको थियो तर नेकपाका दुबै अध्यक्ष दुरदर्शी भएको कारणले विवादलाई कार्यदल मार्फत समाधान गर्नु भयो । अब नेकपाका दुबै अध्यक्षको समझदारीले सरकार र पार्टीलाई अगाडि बढाउने छ र समृद्ध नेपाल र सुखि नेपाली बनाउने छ ।

भारत र नेपालको मित्रता धेरै पहिलेदेखि नै छ । विश्वमा नेपाल कुनै देशको गुलाम भएको छैन । जब भारत बेलायतका गुलाम थिए त्यसै बेला भारतबाट बेलायत र नेपालको बीचमा पनि युद्ध भएको थियो जसको अन्त सम्झौता को रूपमा सुगौली सन्धिबाट १८१६ मा भएको हो । सुगौली सन्धि अनुसार भारत र नेपालको सीमा निर्धारण भएको हो । लिपुलेख, लिम्फियाधुरा र कालापानी त्यसै बेलादेखि नेपालको भुभाग हो भन्ने प्रष्ट छ । त्यस सन्धिको अनुसार काली नदीदेखि पश्चिमको भाग भारतको हुने र पूर्वको भाग नेपालको हो भन्ने सर्वविदितै छ । नेपाल र भारतको बीचमा भएको शान्ति सन्धिको अनुसार आवश्यक्ता अनुसार नेपाल र भारतले एक अर्काको भूमि अरु देशसँग युद्ध गर्ने बेला उपयोग गर्न सक्छ । त्यसै अनुसार १९६२ मा भारत र चीनको युद्धको बेला नेपालका ८ ठाउँ मा आफ्नो सैनिक क्याम्प राखेर युद्ध लडेको थियो । युद्ध सक्ने बितिकै अरु ठाउँबाट भारतले आफ्नो सेना फर्काएका थिए । तर लिपुलेख, कालापानी क्षेत्रबाट फर्काएका थिएन । किनभने त्यो ठाउँबाट भारतले हारेको थिएनन् ।

नेपालमा विभिन्न आन्दोलनहरुपछि नेपालका सरकारहरुसँग विभिन्न सन्धिहरु जस्तै कोशी सन्धि, गण्डक सन्धि महाकाली सन्धिहरु गराएको पाइन्छ । भारत आफ्नो स्वार्थ अनुसार नेपालको सतामा आधै खेलिरहेको कुरा लुकेको छैन । नेपालमा विभिन्न आन्दोलनहरु गराएर आफ्नो दबदबा कायम राखेको छ । सता समीकरणकै लागि राजनीतिक दलहरुलाई संचालित गर्दै आएको छ । मन्त्री बनाउने प्रधानमन्त्री बनाउने खेलहरु दक्षिणबाट संचालन भाइरहेको सर्बबिदितै छ । त्यसकारण पहिलेका राष्ट्र प्रमुखहरु सीमा विवादबारे पनि मुख खोल्न पाइरहेको थिएन । २०७६ कार्तिकमा जब भारतले कश्मीरको लागि धारा ३७० हटाउँदा र त्यसपछि बनाएको नयाँ नक्सामा नेपाली भूभाग पनि समेटे छ । त्यस बेला नेपाल सरकारद्वारा कुटनीतिक नोट जारी भएको थियो । त्यसलाई अपहेलना गर्दै भारतले एकतर्फी बनाएको बाटोको उद्घाटन गर्दा यो विवाद सतहमा आएको हो । अहिलेको नेकपाको ओली सरकारले आफ्नो सरकार को परबाह नगरी आफ्नो मिचिएको भु–भाग फिर्ता गराउने कदम चालिएको छ । नेपालीहरुले गर्व गर्ने समय आएको मान्न सकिन्छ । आफ्नो मिचेको भू–भाग समेटेर जारी गरेको नक्साले गर्दा भारत तरंगित भएको छ ।

नेपाल पञ्चशीलको सिद्धान्त मान्ने देश हो कुनै पनि देशसँग हामी लडाइँ गर्दैनौं सबैसँग मित्रता राख्ने देश हो । हाम्रो अर्को छिमेकी चीनसँग पनि हाम्रो मित्रता प्रगाढ भइरहेको बेला अमेरिकी सहयोग कार्यक्रम एमसीसी पनि सदनबाट पास गराउनु पर्छ । जस हिसाबले करिब ६० अर्बको सहयोग भित्र्याउनु पर्छ । यसले गर्दा नेपाललाई बिकासको क्रममा आगाडि लानु पर्छ । जलविद्युतको अत्यधिक क्षमता भएको हुँदा त्यसलाई सदुपयोग गर्न एमसीसी अपरिहार्य छ । नेकपाको कार्यदलले परिमार्जनसहित एमसीसी पास गर्ने सुझाव अपरिहार्य छ ।

(लेखक नेकपा प्रदेश २ कमिटी सदस्य हुन्) (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ