Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधानले ‘रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार’ दिएको छः युवा नेता

२०७७, ३ आश्विन शनिबार ०३:४३

असोज ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले  संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताउनुभएको छ । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उहाँहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको छ भन्नुभयो ।

ओखलढुङगाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद यज्ञ सुनुवाारले संविधानसभाले पाँच वर्षअघि समावेशी संविधान उपलब्ध गराएको हुँदा प्रत्येक नेपालीले असोज ३ लाई राजनीतिक र सवैधानिक हिसावले ऐतिहासिक उपलब्धि हासिल गरेको दिनका रुपमा स्मरण गरिरहने बताउनुभयो ।  उहाँले मुलुकमा सङ्घीयताको पहिलो अभ्यास भएको हुँदा कानुन नबनेकाले प्रारम्भमा केही अलमलजस्तो देखिएपनि रेडियोमा सुन्ने सरकार होइन, घरदैलोमा भेटिने सरकार चाहिन्छ भन्ने जनताको चाहनालाई तीन तहका सरकार रहने व्यवस्थाले सम्वोधन गरेको छ भन्नुभयो ।

सङ्घीयताको आधार स्थापित गर्दै जनतालाई अधिकार उपलब्ध गराउने विषयमा राज्यले क्रमशः उपलब्धि हासिल गर्दै अघि बढिरहेको बताउदै नेता सुनुवारले मुलुक समृद्धितर्फ उन्मुख भइरहेको परिणाम र सूचकले देखाएका हुँदा विकासको गतिलाई  ‘छुमन्तर’का रुपमा नबुझिदिन आग्रह गर्नुभयो । सिन्धुलीबाट प्रतिनिधित्व गर्नुहने साँसद गणेशकुमार पहाडीले आन्दोलनका उपलब्धिका रुपमा प्राप्त भएका सङघीयताको संस्थागत  र संविधानको स्थायित्वको जिम्मेवारी सरकार, जनता र राजनीतिक  दलको काधँमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शक्ति पृथकीकरणका आधारमा कार्यपालिका, व्यवस्थापितका र न्यायपालिकाले जिम्मेवारपूर्ण तवरले अघि बढेर गणतन्त्रलाई संस्थागत गर्ने मामिलामा अझै थप काम गर्नु पर्ने देखिएको छ, जनताको अपेक्षा अनुसार काम नभएको, समाजवादतर्फ जाने स्पष्ट खाँका र तयारी नभएको गुनासा छन्, ती आवाजलाई सम्वोधन गर्न परिवर्तनकारी शक्ति एक ठाउँमा आएर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ ।”

दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने साँसद गणेश ठगुन्नाले नयाँ संविधानले नेपालको सवै जातजाति, धर्म, क्षेत्र र समुदायको आर्थिक, सामाजिक र सास्कृतिक अधिकारलाई सस्थागत गर्ने स्पष्ट मार्ग कोरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान प्रगतिशील, अग्रगामी र  समावेशी भएकाले मुलुकलाई समृद्ध बनाउने दिशामा महत्वपूर्ण मार्ग निर्देश गरेको छ, पूर्वाधार, कानूनी  र आर्थिक पक्ष कमजोर भएको अवस्थामा तत्काल परिणाम खोज्दा नतिजा नदेखिएपनि अब क्रमशः  सवैक्षेत्रबाट नतिजा  आउन लागेकाले आत्तिन पर्दैन ।”

लोकतन्त्रका लागि जनताले ७० बर्षभन्दाबढी समयदेखि गरेका विभिन्न आन्दोलन र बलिदानको उपलब्धिका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको बताउदै साँसद् ठगुन्नाले भन्नुभयो, “गतिशील दस्तावेजका रुपमा रहेको यो संविधानमा जनताका सवै अधिकार सुनिश्चित गरिएको छ, सवै राजनीतिक दलले सम्झौता र सहमतिको साझा दस्तावेजकारुपमा यसलाई स्वीकार गरेका छन् ।” नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाको विशेष बैठकमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवले जारी गर्नुभएको हो ।  साँसद त्रय तत् जिल्लाबाट लगातार दुई पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने युवा नेता हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ