साउन १३ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३

२०८३, ६ बैशाख आईतवार
काठमाडौँ - KTM

विधानसम्मत अधिवेशनको माग गर्दै काँग्रेस केन्द्रिय कार्यालयमा रिले अनशन

२०७३, १३ श्रावण बिहीबार ०८:४७


साउन १३काठमाडौँ । विधानसम्मत अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घका नेताहरुले आजदेखि नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा रिले अनशन सुरु गरेका छन् ।

बिहीबार साँझदेखि नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष एवम् अध्यक्ष पदका दावेदार पदमराज पन्तको नेतृत्वमा एक दर्जन बढी विद्यार्थी नेताहरुले पार्टी कार्यालयभित्रै अनशन थालेका हुन् । सङ्घको ११औँ अधिवेशनका लागि फर्जि प्रतिनिधि छनौट गरेको भन्दै उक्त कार्यको विरोध गर्दै अनशनमा वस्नु परेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो । “एक हजार एक सय बढी फर्जि प्रतिनिधि छनौट गरिएको छ, उक्त कार्य तत्काल सच्याउनु पर्छ,” उहाँले भन्नुभयो । संघका केन्द्रिय अध्यक्षले आसेपासेलाई प्रश्रय दिई विधानविपरित प्रतिनिधि छनौट गरेको पन्तको आरोप छ ।

संघको विधानले कामय गरेको भन्दा बढी फर्जि प्रतिनिधि खारेज गर्नुपर्ने र वास्तविक प्रतिनिधि मात्र कायम गरिनुपर्ने, स्ववियु र काउन्सिलको प्रतिनिधिका सन्दर्भमा वास्तविक प्रतिनिधि कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका काठमाडौँ उपत्यकाका क्याम्पसमा र अन्य जिल्लामा वैधानिक विधि अनुसार अधिवेशन सम्पन्न गरिनुपर्नेलगायत माग राख्दै पार्टी कार्यालयमा अनशन सुरु गरेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो । पन्तसँगै नेपाल विद्यार्थी सङ्घका केन्द्रिय सदस्य विष्णुदत्त जोशी, पदम बहादुर अधिकारी, सागर पाण्डे, जयसिँह धामी लगायतका नेताकार्यकर्ताहरु अनसनमा वसेका छन् । “माग सुनवाई नगरिएसम्म अनशन जारी रहने छ,” सङ्घका केन्द्रिय सदस्य जोशीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ