साउन १४, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्"/>
2026-07-03 09:25 PM
काठमाडौँ - KTM

हाम्रो माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौं: महतो

साउन १४, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले भने,‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माँग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेवारे कुरा राख्छौं ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष महतोले भने,‘अब बन्ने सरकारले कस्तो व्यवहार गर्छ, हामी पनि त्यही अनुसार चल्छौं, मोर्चाले अघि सारेको ११ बुँदे मागबारे उहाँहरुको प्रष्ट धारणा आउनुपर्छ, अनि मात्रै सरकारमा जाने वा नजानेवारे हामी निर्णय गर्छौं ।’

उनले काँग्रेस–माओवादी केन्द्रवीच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा मधेशी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोमा सकारात्मक कदम भएको उल्लेख गर्दै भने,‘उहाँहरुको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए ? हामी उहाँहरुको व्यवहार हेर्न आँतुर छौं ।’

महतोले मोर्चाले अघि सारेका संविधानसम्बन्धी मागहरु र मधेश आन्दोलनबाट उब्जिएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता काँग्रेस र माओवादी केन्द्रले देखाए मोर्चा सरकारमा सहभागी हुने नभए बाहिर बसेरै सरकारलाई सहयोग गर्ने स्पष्ट पारे ।

विगतमा पनि आफ्ना मागहरु पूरा हुने विश्वासमा मोर्चा धेरैपटक सरकारमा सहभागी भएको स्मरण गर्दै महतोले थपे,‘सरकारमा गएरमात्रै के हुन्छ, मुख्य कुरा हाम्रो मुद्दा हो नि, त्यसैले माग पूरा नभएसम्म हामी सरकारको स पनि उच्चारण गर्दैनौं र अरु साथीहरुले पनि गर्नुहुँदैन् ।’

मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ ।’ उनले गच्छदार मधेश विरोधी नेता भएको भन्दै आलोचना समेत गरे ।

‘एमालेले संविधान संशोधनमा सहयोग नगरे मधेशमा सिद्दिन्छ’

महतोले काँग्रेस र माओवादी केन्द्रले मधेशको माग सम्बोधन गर्न संशोधन प्रस्ताव पेश गरे एमालेले समर्थन गर्ने ठोकुवा गरे । 

उनले भने,‘एमालेले समर्थन गरेन भने उसको मधेशको उपस्थितिलाई लिएर प्रश्न उठ्छ, एमालेले या त मधेश छाड्नुपर्यो, या मधेशको मुद्दा सम्बोधन गर्नुपर्यो, उसँग अहिले दुईवटा मात्रै विकल्प छ ।’ संविधान संशोधनको लागि मधेशी मोर्चाले संकल्प प्रस्ताव नलैजाने उनको दाबी थियो ।

मोर्चाले भनेजस्तै मधेशमा दुई प्रदेश भए संघीयतासम्बन्धी सिमांनको मुद्दा सम्बोधन हुने उनले विश्वास व्यक्त गरे । उनले भने,‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, तराईको भूभाग तराईमै हुनुपर्छ, यसमा सबै मिल्नुको विकल्प छैन् ।’

महतोले वर्तमान सरकार काम चलाउ भएपनि जनतालाई राहत दिने काममा समेत सुस्त भएको आरोप लगाउँदै भने,‘ओलीजीलाई सरकार गएकोमा चिन्ता छ, मर्माहत भएको छ, कामचलाउ भएपनि जनतालई राहत दिने कुरा खोई ?’उनले देशका विभिन्न भूभागमा बाढिपहिरोका कारण जनता दुःखमा भएको भन्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो