साउन १४, विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने  बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने  बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत "/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतीय सरकारको ढोका काँग्रेसले बन्द गर्यो: मन्त्री राई

१४ श्रावण २०७३, शुक्रबार ०३:५७

साउन १४, विराटनगर । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सहमतीय सरकारको ढोका नेपाली काँग्रेसले बन्द गरेकाले एमाले नयाँ सरकारमा नजाने  बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले)का नेता समेत रहनुभएका उनले मुख्य ठूला पार्टी सरकारमा सहभागी हुनुहुदैन भन्ने काँग्रेसको अडानका कारण सहमतिको ढोका बन्द भएको स्पष्ट  पारे । 

उनले वर्तमान सरकारले ल्याएको कार्ययोजना र कार्यतालिकामा परिवर्तन गरेर भए पनि निर्धारित समयमै स्थानीय निकाय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए । 

उनले नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा बस्ने र अब बन्ने सरकार कसरी अगाडि बढ्छ सोहीअनुरुप आफनो पार्टी प्रस्तुत हुने  बताए । 

उनले संविधान च्यातने, जलाउने र संविधानको पुनःलेखनको माग गर्ने पार्टीसँग काँग्रेस र नेकपा (माओवादी) केन्द्रले साठगाठ गरेकाले यो गठबन्धन धेरै दिन नटिक्ने दाबी  गरे । 

मन्त्री राईले वर्तमान सरकारले नेपाली जनताको मन जितिसकेकाले संविधानको सफल कार्यान्वयन र मुलुकका हितका लागि प्रतिपक्षमा बसेर भए पनि एमालेले सक्दो सहयोग गर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का