साउन १४, काठमाडौँ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रि"/>
२३ चैत्र २०८१, शनिबार
काठमाडौँ - KTM

पेट्रोलियम पदार्थ उत्खनन्का लागि उद्योगीसँग छलफल भईरहेको छ: उद्योगमन्त्री

१४ श्रावण २०७३, शुक्रबार ०५:०७

साउन १४, काठमाडौँ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको उत्खनन्का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका उद्योगीसँग छलफल भइरहेको बताएका छन् । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत एकीकृत कर्मचारी सङ्घको छैठौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पाण्डेयले स्वदेशी स्रोत साधनलाई उपयोग गरी राष्ट्र निर्माणको कार्य अगााडि बढाइने बताए । मुलुकमा आर्थिक समृद्धि कायम गर्न देशमा औद्योगीकरण गर्नुपर्नेमा  उनको जोड थियो । 

शनिबारसम्म चल्ने अधिवेशनमा ४८ जिल्लाका एक सय बढी प्रतिनिधि सहभागी छन् । अधिवेशनमा संविधानअनुसार मुलुकमा कायम भएका सङ्घीय संरचना अनुकूल कर्मचारीको व्यवस्थापन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको प्रबन्ध गर्नुपर्ने, कर्मचारी तथा व्यवस्थापनका बीच हुने तिक्तता न्यूनीकरणका विषयमा छलफल हुने बताइएको छ । 

कार्यक्रममा पूर्वअध्यक्ष धनराज पन्त, विनोददेव पन्त, तिलक अधिकारी, राजेन्द्र मिश्रलगायतलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का