साउन १४, काठमाडौँ । नेकपा (एमाले)ले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेकपा (एमाले)ले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवाल"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकका परिवारलाई २५ हजार दिने

२०७३, १४ श्रावण शुक्रबार ०६:२९

साउन १४, काठमाडौँ । नेकपा (एमाले)ले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई पार्टीको ‘प्राकृतिक विपत्ति राहत कोष’बाट रु २५ हजार आर्थिक सहयोग दिने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

बैठकले पीडितको राहतका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्का सदस्य तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्तिमा भएकाबाट प्रतिव्यक्ति रु पाँच हजार ‘प्राकृतिक विपत्ति राहत कोष’मा सहयोग गर्ने पनि निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

साथै बैठकले कोषमा आर्थिक सहयोग गर्न देश तथा प्रवासमा रहेका पार्टी कमिटी तथा सदस्य, जनवर्गीय, पेसागत तथा सामुदायिक सङ्घसंस्था, विभिन्न वर्ग र पेसाका जनसमुदायलाई समेत अपिल गरेको छ । 

अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापितलाई पुनःस्थापना गर्न बैठकले सरकारको ध्यानाकर्षण गरेको सचिव भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैगरी, बैठकले बिहीबार सप्तरीको तिलाठी नजिकै भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधको विरोध गर्न जम्मा भएका स्थानीयमाथि भारतीय भूमिबाट ढुङ्गामुढा र आक्रमण गरी घाइते बनाइएको घटनाको निन्दा र भत्र्सना गर्दै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

भारतबाट एकतर्फी ढङ्गले बनाइएका बाँध र सडकलगायत संरचनाका कारण नेपालतर्फको भूभाग डुबानमा परेको भन्दै बैठकले यस समस्याको दिगो समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ