साउन १४, काठमाडौँ । नेकपा (एमाले)ले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेकपा (एमाले)ले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवाल"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकका परिवारलाई २५ हजार दिने

१४ श्रावण २०७३, शुक्रबार ०६:२९

साउन १४, काठमाडौँ । नेकपा (एमाले)ले बाढीपहिरोबाट ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई पार्टीको ‘प्राकृतिक विपत्ति राहत कोष’बाट रु २५ हजार आर्थिक सहयोग दिने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

बैठकले पीडितको राहतका लागि पार्टीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्का सदस्य तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्तिमा भएकाबाट प्रतिव्यक्ति रु पाँच हजार ‘प्राकृतिक विपत्ति राहत कोष’मा सहयोग गर्ने पनि निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

साथै बैठकले कोषमा आर्थिक सहयोग गर्न देश तथा प्रवासमा रहेका पार्टी कमिटी तथा सदस्य, जनवर्गीय, पेसागत तथा सामुदायिक सङ्घसंस्था, विभिन्न वर्ग र पेसाका जनसमुदायलाई समेत अपिल गरेको छ । 

अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापितलाई पुनःस्थापना गर्न बैठकले सरकारको ध्यानाकर्षण गरेको सचिव भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैगरी, बैठकले बिहीबार सप्तरीको तिलाठी नजिकै भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधको विरोध गर्न जम्मा भएका स्थानीयमाथि भारतीय भूमिबाट ढुङ्गामुढा र आक्रमण गरी घाइते बनाइएको घटनाको निन्दा र भत्र्सना गर्दै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

भारतबाट एकतर्फी ढङ्गले बनाइएका बाँध र सडकलगायत संरचनाका कारण नेपालतर्फको भूभाग डुबानमा परेको भन्दै बैठकले यस समस्याको दिगो समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ? सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का