१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लास्थित सिमानाबारे कूटनीतिक पहल थाल्न कांग्रेसको माग,सर्लाही घटनाको निन्दा

२८ आश्विन २०७७, बुधबार १५:२९

असोज २८, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  हुम्लास्थित नेपाल चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न सरकारसँग माग गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति मार्फत हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको नेतृत्वले यही असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सर्लाही घटनाको  निन्दा

कांग्रेसले सर्लाहीमा आज आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको जनाउँदै घटनाको निन्दा  गरेको छ ।

सर्लाही जिल्ला रामनगर गाउँपालिका–७ निवासी दलित महेन्द्र रामको यही असोज २२ गते भएको हत्या सम्बन्धमा मृतक परिवारको जाहेरी प्रशासनले दर्ता नगरेको भनी आज कांग्रेसले सर्लाहीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो । सो क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको कांग्रेसले जनाएको छ ।

मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतकका श्रीमती, भाइ एवं अन्य तीन महिलालगायत घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले पक्राउ परेका व्यक्तिलाई अविलम्ब रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु