२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

२०७७, २९ आश्विन बिहीबार ०९:१७

दिलकुमार लिम्बू । असोज २९, फुङलिङ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ । 

विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट रू. ६० हजार ऋण लिनुभएका  बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशीनु पर्यो । त्यस्तै तिरैतो खेती गर्न साहूबाट त्यत्तीकै व्याजदरमा रू चार लाख ऋण लिनुभएका केरसिंङ लिम्बूलाई  ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो ।  

केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू–माहाजनकहाँ रक्सी, मासुलगायत कासेली बोकेर चर्को व्याजदरमा ऋण माग्न जानुपथ्र्यो । बैंक तथा वित्तीय संस्थामा  पहँुच पुग्ने ती साहू–महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेकोे फक्तुङलुङ गाउँपालिका–६ का  श्याम लिम्बूले बताउनुभयो । साहूले ऋण दिएपछि तिनको  गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत  दिने प्रचलन अहिले हटदै गएको उहाँको भनाइ थियोे । ती दुबै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई  कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ व्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताउनुभयो । 

यसरी सञ्चलित सहकारीमध्ये  फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित  तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला २१५ गरी ४५८ सदस्य, सोही गाउँपालिकाको  वडा नं ६ स्थित  संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला २३२ परूषसहित ४३८ सदस्य र  वडा नं ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् भने  सिरिजङघा गाउँपालिकाको वडा नं. ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी  १६० सदस्य रहेका  छन् । ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय संञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन्  । 

बित्तीय पहँुचबाट टाढा रहेका  दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पु¥याउनका लागि सहकारीमार्फत कार्यक्रम संञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताउनुभयो । अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काटने उपकरण  खरिदलगायतका  व्यपार व्यवसाय  गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने