साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भ"/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

तिलाठीमा भएको आक्रमणको क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

१४ श्रावण २०७३, शुक्रबार २३:३४

साउन १५, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । 

क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गराँै, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । 

प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवाद विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताए । 

क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले तिलाठीका जनताले भारतीय हस्तक्षेप विरुद्ध गरेको प्रदर्शनले अब मधेसी जनता पनि भारतीय विरुद्ध उभिएको बताए । 

प्रदर्शनमा क्रान्तिकारीका विद्यार्थीको सहभागिता रहेको थियो । बिहीबार सप्तरी तिलाठीमा भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधले डुबान भएको भन्दै विरोध गर्न गएका स्थानीयमाथि भारतीय पक्षबाट आक्रमण गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट