साउन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

सहमतिको सरकार बन्ने सम्भावना न्यून

१५ श्रावण २०७३, शनिबार ०३:४३

साउन १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन् । 

गोरखा समाज सेवा केन्द्र काठमाडौँको ११ औँ साधारणसभा एवम् आठौँ अधिवेशनका क्रममा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको बताउँदै भने, “प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ ।” 

नेता श्रेष्ठले संविधान कार्यान्वयन, सङ्घीय, प्रान्तीय, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रियाको काम र भूकम्पको पुनःनिर्माणको कामलाई पूरा गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानु मुख्य चुनौती भएको उल्लेख गरे । 

उनले गोरखाभित्रका पर्यटकीय क्षेत्रको पहिचान, जलविद्युत् आयोजनाको निर्माण, कृषि क्षेत्रको विकास, जडीबुटीको पहिचान गरे मात्र त्यहाँको विकास गर्न सकिने स्पष्ट पारे । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले अहिले मुलुकमा भएको परिवर्तनमा गोरखाको गुणात्मक भूमिका रहेको बताए । काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्रेष्ठले नेपालको संस्कृति र इतिहासको गौरवशाली भूमि गोरखा रहेकाले यसको प्रचारप्रसार गर्नु जरुरी छ  भने । 

केन्द्रका अध्यक्ष भाष्करकुमार श्रेष्ठ, काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, नेकपा एमालेका नेता वाचस्पति देवकोटा, राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, वरिष्ठ स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटालगायतले धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको गोरखाको विकासका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए । 

केन्द्रले नेपालको संस्कृति र इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्कृतिविद् डा जगमान गुरुङ, प्राज्ञ दिनेशराज पन्त र पत्रकार सुशील अर्याललाई सम्मान गरेको थियो । 

गोरखामा जन्मिएर काठमाडौँमा कर्मथलो बनाउँदै आएका व्यक्तिको पहलमा २०५२ सालमा केन्द्रको स्थापना भएको थियो । केन्द्रले गोरखाली दाजुभाइ दिदीबहिनीबीच भाइचाराको सम्बन्ध स्थापित गर्नाका साथै गोरखाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार