साउन १५, बुटवल । केपी ओली नेतृत्वको सरकार ढालेर भारतीय डिजाइनमा सरकारको  नेतृत्व गर्न उचालिएको माकेका जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय एंवम् पेशागत संगठनले राष्ट्रवादी मुखुण्डो भिरेको भन्दै मधेशमै बिरोध शुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बुटवल । केपी ओली नेतृत्वको सरकार ढालेर भारतीय डिजाइनमा सरकारको  नेतृत्व गर्न उचालिएको माकेका जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय एंवम् पेशागत संगठनले राष्ट्रवादी मुखुण्डो भिरेको भन्दै मधेशमै बिरोध शुर"/>
३ कार्तिक २०८१, शनिबार
काठमाडौँ - KTM

केपी राष्ट्रवाद र पिके राष्ट्रवाद दुबै खतरनाक

१५ श्रावण २०७३, शनिबार ०५:३२

साउन १५, बुटवल । केपी ओली नेतृत्वको सरकार ढालेर भारतीय डिजाइनमा सरकारको  नेतृत्व गर्न उचालिएको माकेका जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय एंवम् पेशागत संगठनले राष्ट्रवादी मुखुण्डो भिरेको भन्दै मधेशमै बिरोध शुरु भएको छ ।

भारतीय नाकाबन्दीको पृष्ठभुमिबाट गठन भएको ओली सरकारलाई प्वाल पारेर भारतभक्त कांग्रेस समर्थनमा सरकारको नेतृत्व गर्न हौसिएका पिके अर्थात पुष्पकलम दाहाल मधेशका राष्ट्रवादी स्वतन्त्र नागरिकहरुबाटै बिरोध शुरु भएको हो । उनीहरुले ओलीलाई पहिचानबिरोधी र दाहाललाई राष्ट्रियता बिरोधको करार दिएका छन् । केपी ओलीको सरकारले मधेशीलाई नागरिकको दर्जा दिएन – भैरहवावासी सत्रुध्न प्रसाद मिश्रा भन्छन् –प्रचण्डले राष्ट्रियता दाउमा राखे । केपी ओलीको अंहकारी राष्ट्रवाद र पिके(दाहाल)को लम्पसारवादबाट मधेशमात्र नभई सिंगो देशनै आक्रान्त भएको उनले बताए । दाहालले सप्तरी घटनामा मधेश जनता राष्ट्रवादी बताउनु र माकेको जवस मोर्चाले सर्मथनमा कार्यक्रम गर्नु खोक्रो राष्ट्रवाद मात्र भएको कपिलबस्तु चारनम्बरका कमल अर्यालले दावी गरे । 

त्यस्तै माके नेतत्वमा अब बन्ने सरकार भारतीय सरकार भएको भारतीय मिडियाहरु नै बताइ रहेका छन् । यसको आधिकारिक खण्डन माकेले गरेको छैन । मधेशी जनता भारतीय दादागिरीको बिरुद्धमा उत्रिएको भन्दै सामाजिक संजालमा प्रशंशा हुँदै आएको छ । 

ती सम्बन्धि केहि प्रतिक्रियाहरु: 

- डा. ऋषिराज बराल लेख्छन्- "अब प्रचण्ड कारिन्दा मात्र हुन् । अब उनले मन्त्री पनि छान्न पाउने छैनन् ।" 

- समर शर्मा लेख्छन – "मन्त्री बन्न चाहनेहरूको भारतीय दूतावासमा लर्को लागेको कुरा आइसकेको छ ।" 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’