शरद शर्मा/साउन १५, काठमाडौँ । खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । 

विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । 

विभागका प्रवक्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शरद शर्मा/साउन १५, काठमाडौँ । खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । 

विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । 

विभागका प्रवक्त"/>

२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी

२०७३, १५ श्रावण शनिबार १२:१७

शरद शर्मा/साउन १५, काठमाडौँ । खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ । 

विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो । 

विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आज जानकारी दिए । “पहिलेका १४ भन्दा फरक ठाउँमा हामीले ग्यास पत्ता लगाइरहेका छौँ”,उनले भने– “त्यसका लागि बजेट विनियोजन गरेर कार्य सुरु गरिसकेका छौँ ।” 

यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ । तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् । 

इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको इनार भने ग्यास भण्डारण गर्नका लागि गतवर्ष पुनः खनिएको थियो । 

भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । उहाका अनुसार अहिले विभागले विभिन्न ठाउँमा गएर अध्ययन गरिरहेको छ । “पहिले ग्यास पत्ता लगाउँछौँ । अनि कति ग्यास निस्कन्छ, त्यो पत्ता लगाउँछौँ”,उनले भने – “अनि ग्यासलाई सङ्कलन गर्छौ ।” 

विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराए । 

सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो । एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो । 

यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्नका लागि मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ । शाखा प्रमुख श्रेष्ठले उपत्यकामा रहेको ग्यास कति मात्रामा रहेछ पत्ता लगाई सङ्कलन गर्नका लागि प्लान्ट बनाउन थालिएको बताए । उहाका नुसार करिब रु २० लाखमा प्लान्ट बनाउन थालिएको छ । 

“ग्यास सङ्कलनका लागि अरु ठाउँमा पनि लैजान सकिने भएकाले मोबाइल प्लान्ट बनाउन थालेका हौँ”, उनले भने– “पहिलो चरणमा हामीले इमाडोलमा रहेको ग्यासलाई प्लान्टमा जम्मा गर्छौँ ।” यसअघि टेकुमा मिथेन ग्यास सङ्कलनका लागि बनाइएको प्लान्ट बिग्रिएर थन्किएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना