2026-06-18 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय

कार्त्तिक १९, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको स्थानीयवासीको गुनासो छ । 

सङ्घीय संरचनाअनुसार स्थानीय तह मातहत रहने कार्यालय नखुल्दा आयुर्वेदिक उपचार पाउनबाट वञ्चित हुनुपरेको डाँछीबाट उपचार गर्न आउनुभएका रामबहादुर श्रेष्ठले गुनासो गर्नुभयो । औषधालयमा नजिकैको गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाबाट समेत बिरामी उपचार लिन आउने गरेका छन् ।

वडा कार्यालयसँगै रहेको औषधालय दुई बजे नै बन्द भएको सम्बन्धमा जिज्ञासा राख्दा वडाध्यक्ष राममणि पुडासैनी औषधालयमा कार्यरत छैटौँ तहका कविराजलाई नगरपालिकामा आयुर्वेद शाखा स्थापनाका लागि लैजाँदा तीन कर्मचारीको भरमा चलेको बताउनुहुन्छ । औषधालय हाल पाँचौँ तहका कविराज र दुई जना कार्यालय सहयोगीका भरमा चलेकाले दुई बजेपछि बिरामी उपचारका लागि नआउने भएकाले कहिलेकाहीँ छिट्टै बन्द हुने गरेको उहाँले सुनाउनुभयो ।

कोरोनाबाट बच्न रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी सिद्ध भएको भनी सम्बन्धित क्षेत्रका विज्ञको विचारको प्रचारप्रसार भएसँगै औषधालयमा धाउनेको सङ्ख्या बढे पनि बन्द हुँदा निराश भएर फर्कने गरेका छन् । औषधालय दुई बजे नै बन्द हुने गरेको सेवाग्राहीको गुनासोपछि मङ्गलबार सवा दुई बजे समाचार सङ्कलनका लागि समाचारादाता पुग्दा तालाबन्दी थियो । 

वडाध्यक्ष पुडासैनी भने पाँचौँ तहका कविराज नगरपालिकामा बोलाएको भनी आफूसँग बिदा मागेर निस्किएको दावी गर्नुहुन्छ । कविराज निस्किए पनि कार्यालय सहयोगीले कार्यालय त खोल्नुपर्ने होइन र ? भन्ने जिज्ञासामा उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार विभिन्न स्थानमा आयुर्वेद औषधालयको स्थापना गरिए पनि कार्यालय नै नखुल्दा बिरामी उपचार पाउनबाट वञ्चित हुने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीमा वाग्मती अञ्चल आयुर्वेद औषधालय छ । देश सङ्घीय संरचनामा जानुअघि भद्रवासलगायत काठमाडौँका पाँच स्थानीय तहमा रहेका आयुर्वेद औषधालय अञ्चल आयुर्वेद औषधालयअन्तर्गत सञ्चालन हुन्थे । भद्रवासमा जस्तै काठमाडौँमा नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । 

आयुर्वेदका ग्रन्थमा ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधीको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ । यसैले कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउनुहुन्छ । यहीँका जडीबुटीको उपयोग गर्न सके बाहिरबाट भित्रिने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उहाँको विश्वास छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी