२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पर्यटनमन्त्रीले गृह जिल्लाका छ स्थानीय तहको अवलोकन गर्ने

१९ कार्तिक २०७७, बुधबार ०८:३३

कात्तिक १९, फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ । 

उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशकको बैठक र फुङ्लिङ नगरपालिका–१० मित्लुङमा निर्माणाधीन मध्य तामोरा सानिमा हाइड्रोपावरको अवलोकन समय तालिका बनाइएको छ ।

यस्तै उहाँको फक्ताङलुङ गाउँपालिका–३ सेवा माविको इसिटी ल्याब उद्घाटन, फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र फक्ताङलुङ गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल र मिक्वा खोलागाउँपालिका पार्टीका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका कार्यालय टोलीका सदस्यसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री भट्टराईको मिक्वाखोला गाउँपालिकाको जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफलको कार्यक्रम तय गरिएको छ । यस्तै मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम थुकिमामा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल  गर्ने कार्यक्रम उहाँको छ । 

मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम साँघुमा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफलको कार्यक्र तय गरिएको छ । 

यस्तै अठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम हामपाङ र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ । यही कात्तिक २७ गते ताप्लेजुङमा रहेका सबै सङ्घसंस्थासँग अन्तिरक्रिया तथा छलफल  गरिने जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान