2026-09-18 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पर्यटनमन्त्रीले गृह जिल्लाका छ स्थानीय तहको अवलोकन गर्ने

कात्तिक १९, फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ । 

उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशकको बैठक र फुङ्लिङ नगरपालिका–१० मित्लुङमा निर्माणाधीन मध्य तामोरा सानिमा हाइड्रोपावरको अवलोकन समय तालिका बनाइएको छ ।

यस्तै उहाँको फक्ताङलुङ गाउँपालिका–३ सेवा माविको इसिटी ल्याब उद्घाटन, फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र फक्ताङलुङ गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल र मिक्वा खोलागाउँपालिका पार्टीका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका कार्यालय टोलीका सदस्यसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ ।

मन्त्री भट्टराईको मिक्वाखोला गाउँपालिकाको जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफलको कार्यक्रम तय गरिएको छ । यस्तै मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम थुकिमामा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल  गर्ने कार्यक्रम उहाँको छ । 

मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम साँघुमा र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफलको कार्यक्र तय गरिएको छ । 

यस्तै अठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख र विद्यालयका प्रधानाध्यापकसँग अन्तरक्रिया कार्यक्रम हामपाङ र गाउँपालिकाभित्र रहेका पार्टी प्रतिनिधिसँग अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम छ । यही कात्तिक २७ गते ताप्लेजुङमा रहेका सबै सङ्घसंस्थासँग अन्तिरक्रिया तथा छलफल  गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई