2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा साँझ मदिरा बिक्री गर्न नपाइने

कात्तिक २९, गोरखा । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा बिक्री गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पुर्याउन सक्ने भएकाले बिक्री वितरण कडाइ गरेको हो । 

निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताउनुभयो । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ । 

त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न÷नगराउन पनि आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बद्दै गएकाले चाडबाड मनाउँदा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न उहाँले सबैलाई अपिलसमेत गर्नुभएको छ । 

प्रशासनले सूचना नै जारी गरेर कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि चाडपर्व मनाउँदा आफू र आफ्नो परिवारमा बसेर मात्र मनाउन, देउसीभैलो खेल्ने, सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, शुभकामना आदानप्रदान कार्यक्रम राख्ने, पिङ हाल्ने तथा खेल्ने जस्ता क्रियाकलाप नगर्न भनेको छ । 

त्यस्तै घरमा बस्दासमेत अनिवार्य मास्कको प्रयोग गर्न, साबुनपानीले नियमित हातमुख धुन, स्यानिटाइजरको प्रयोग गर्न, आवश्यकभन्दा बाहेक घरबाहिर ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न पनि प्रशासनले सूचनामार्फत सबैलाई आग्रह गरेको छ । प्रशासनको निर्देशनको अवज्ञा गरे वा सूचना विपरीत क्रियाकलाप गरे÷गराइएको पाइए स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम तथा रोग तथा सङ्क्रामक ऐन, २०२० बमोजिम कारबाही गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल