२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुर तिहार /नरकचतुर्दशी/ लक्ष्मी पूजा/दिपमालिका

२०७७, २९ कार्तिक शनिबार १०:२३

कात्तिक २९, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार  घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।कुकुरलाई पूजा गर्दा भन्ने मन्त्र यस प्रकार छ। "द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ। ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।" धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।


वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

शनिबार  बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको छ। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।यमदीपदान गर्ने मन्त्र यस प्रकार रहेको छ।  "दत्तो दीपश्चतुर्दश्यां नरकप्रितये मया ।चतुर्वतिर्समायुक्तः सर्वपापापनुत्तये।।"  यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । 

आज दिनको १/४९ मिनेट बाट औंसी  लागेकोले लक्ष्मीपूजा पनि अाजै परेको छ।भोलि राति सम्म  औंसी नभएको र बिशेष लक्ष्मीपूजा साझमा हुने भएकाले अाज लक्ष्मी पूजा भएको हो ।बिशेषतः भगवती लक्ष्मीका आठ रुप रहेका छन् ।जस्को जे कामना हुन्छ सोही अनुसार बिशेष लक्ष्मीको पूजा गरिन्छ । 

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित माता लक्ष्मीको पूजा गरि आफ्ना दराज सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गरिन्छ ।दिपावलीमा "तमसोमा ज्योतिर्गमय" अर्थात अन्धकारबाट प्रकाशतर्फ लागि आफुलाई  आत्मिक रुपमा सुख सन्तोष प्रदान गर्न दियो र झिलिमिली बत्ती  पनि बालिन्छ।  आजकै दिन चेलीबेटीले भैलो खेल्ने चलन पनि छ। विशेष सतर्कताका साथमा चाडपर्व मनाउनु होला ।(कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि–२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुरको तालिम नमूना अभ्यास प्रस्तुत गरिँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला