२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङका युवा टर्की व्यवसायतर्फ

२०७७, ३० कार्तिक आईतवार १२:३५

कात्तिक ३०, दाङ | सानीभेरी गाउँपालिका –४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गर्नुभएको छ । उहाँले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा  एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई  लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गर्नुभएको हो । 

‘बिसी टर्की फर्म’  हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन् ।  प्रतिबच्चा रु चार  सयका दरले पाँच सय  टर्की  बुटवलबाट ल्यइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी  १५०  बाँकी छन् ।  ‘टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन् । उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको  दाना पनि राम्रो मानेर खाने गरेका छन् । भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो छ’, उहाँ बताउनुहुन्छ । 

सामान्यतया टर्की ६ महिनामै वयस्क हुन्छ र अण्डा दिन थाल्छ । आफै ओथारो बसेर तिनले बच्चा दिने गरेका छन् । औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की ६ महिनाका अन्तरमा आठ किलोसम्मको हुन्छ । दुई वर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने उहाँ बताउनुहुन्छ ।  

बोसोरहित हुने भएकाले यसको मासु सेवन गर्दा मानिसको हाड मजबुत बनाउन सहयोग मिल्छ ।  यसको मासु जस्तोसुकै मधुमेह, युरिक एसिड, र रक्तचापका बिरामीले खान मिल्ने र कसैलाई  असर नगर्ने हुँदा हरेक मानिसको रोजाइ भएको उहाँको भनाइ छ । जिउँदो प्रतिकिलो रु आठ  सय र तयार पारिएको मासु प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । 

तुलसीपुर उपमहानगरपालिका – १७ का नारायण आचार्यले ‘नारायण पोल्ट्री फर्म’ को नामबाट कुखुरा पालन व्यवसाय सञ्चालन गर्नुभएको छ  । दुई वर्ष कतारमा बसेर आउनुभएका आचार्य उता कमाएको पैसा अलिअलि जम्मा गरेर राखेको र दाङमै केही गर्नुपर्छ भन्ने सोचाइ आएपछि लेड्स कुखुरा व्यवसाय सञ्चालन गरिएको बताउनुहुन्छ । ‘आठ कठ्ठा आफ्नो जमीनमा रु ४० लाखको लगानीमा दुई  खोरबाट कुखुरा पालन शुरु गरेको चार वर्ष भयो । दाङमा टर्की व्यवसाय पनि राम्रो होला जस्तो लागेर  त्यो पनि शुरु गरेको छु’,  चार सय टर्कीका बच्चा चितवनबाट ल्याएर व्यवसाय शुरु गर्नुभएका आचार्य सात महिनादेखि आम्दानी लिन थालेको  बताउनुहुन्छ । उहाँले दुई खोरमध्ये एउटामा ठूला र अर्काेमा साना टर्की  राख्नुभएको छ ।  गाउँघरमा उत्पादन भएको दाना र सामान्य हावापानीमा पाल्न सकिने भएकाले सजिलो उहाँ बताउनुहुन्छ । 

यसको माग धेरै भएकाले   खोरबाटै बिक्री हुने गरेको छ  । स्थानीय बजार तथा  काठमाडौँ, बुटवल पनि जाने गरेको छ । बजारमा माग धेरै भएकाले पुर्याउन नै सकेको छैन । विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा सानोतिनो व्यवसाय गर्नु उचित लागेर टर्की व्यवसाय गर्नुभएका उहाँ अर्काका देशमा श्रम गर्नुभन्दा स्वदेशमा नै काम गर्न   युवालाई सल्लाह दिनुहुन्छ ।  उहाँले दुई जनालाई रोजगारी पनि दिनुभएको छ । आफू टर्की पालन व्यवसायलाई व्यवस्थित गर्ने र कडकनाथ( कालो कुखुरा)  थपेर व्यवसायलाई अगाडि बढाउने  सोचमा रहेको  आचार्यले बताउनुभयो । स्थानीय तहले किसानलाई प्रोत्साहन गर्ने  हो भने व्यवसायलाई निरन्तरता दिन सजिलो हुने  र आत्मनिर्भर हुने आशा उहाँले व्यक्त गर्नुभएको छ । 

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालयका प्रमुख जीवराज पौडेलले पशुपक्षी व्यवसाय गर्न चाहने युवालाई लक्ष्य गरेर युवा लक्षित अनुदान सहयोग कार्यक्रम रहेको जानकारी दिनुभयो ।  उपमहानगरपालिकाअन्तर्गत पशुसेवा शाखाको युवा लक्षित कार्यक्रम पनि रहेको छ । किसानलाई प्राविधिक सहयोग र पशुपक्षीमा रोग लाग्दा उपचार, खोप, दानापानी आदिका बारेमा व्यवसायीलाई परामर्श दिने र अन्य सहयोग दिइएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते