पढ्न करिब 7 मिनेट लाग्छ

करन दयाल | हजारौ सहिदहरुको बलिदानबाट देश एकात्मकता बाट संघियतामा जादैंछ । यस देशको नेतृत्व गर्नेहरु केन्द्र तहमा सरकार फेर्ने खेलमा तल्लिन छन ।

सरकार गिराउने र बनाउने खेलबाट आजित भएका जनताहरुलाई रिझाउनकै लागि भए पनि कर्मचारी संयन्त्रलाई परिचालन गरेर स्थानीय तहको खाका तयार गर्ने काम शुरु भएको छ ।

एकात्मक र केन्द्रिकृत राज्य सत्ताको मारमा परेका दूरदराजका जनताहरुले जसरी त्यो राज्य सत्ताका बिरुद्ध सक्रियता देखाई संघर्ष गरे त्यसै गरी यस बहस छलफल कार्यक्रमा पनि सक्रियता देखाई दूरगामी भूमिका खेल्न आवश्यक छ ।

यस बैतडी जिल्लामा केन्द्रीय नम्सका आधारमा गाउँपालिका र नगर पालिकाको संख्या ७ वटा मात्र हुन पर्ने छ । हामी संग २वटा नगरपालिका मौजुत छन ।

फेरी थप नगरपालिका बनाउने वा गाँउ पालिका बनाउने यति बेला गम्भिर बहसको खाँचो छ । ऐतिहासिक काल देखि नै बिभिन्न दृष्टिकोणबाट यस जिल्लाको बिशेष महत्व राख्ने तल्लो सोराड क्षेत्र , पुर्चौडी क्षेत्र र च्वाँगढ क्षेत्र बिशेष क्षेत्रका हकदार छन ।

यी क्षेत्रहरुमा एक एक वटा नगरपालिका अनिवार्य सिफारिस गर्न कुनै पनि हालतमा कन्जुस्याई गर्नु हुदैन । कुनै पनि बहानामा यी क्षेत्रको नगर पालिका पाउने हक कटौती गरयो भने ठूलो अन्याय हुनेछ किन कि हामी आजका लागि मात्र होईन भविष्यकालागि यस्तो खाका कोर्दै छौं ।

भोलकिो सन्ततिले हाम्रो प्रयासबाट राम्रो नतिजाको स्वाद लिन पाओस । अमुक कारण देखाएर यस्तो गल्ति कुनै पनि पक्ष बाट हुनु हुदैन ।

यी क्षेत्रहरु पुराना प्रबृति र पात्रहरुबाट पुनः शासित हुन चाहादैनन । हरेक क्षेत्रको आफ्नै किसिमको ऐतिहासिकता छ ।

स्थानीय तह पुनर्संरचना जस्तो कुरा ईतिहासमा नै टेकेर गरिनु पर्छ । ईतिहासलाई तोड्मोड् गरिनु हुदैन । नौलो भन्ने नाममा पुरानोलाई बाइपास गरिनु पनि हुदैन र परानै ठिक भनेर सबै कुरा यथास्थानमा पनि राखिनु हुदैन ।

स्थानिय तहको पुनर्संरचना गर्दा तल्लो सोराड क्षेत्रलाई बिभाजित हुने गरी गरिनु हुदैन । तल्लो सोराड क्षेत्र सदियौ देखि सबै कोणबाट उपेक्षा गरिएकै हो ।

अझ पनि कुनै पनि पक्षबाट खेलवार्ड र राजनिति गरिनु हुदैन ।तल्लोसोराडको मौजुत आधार र मापदण्डका आधारमा १वटा नगरपालिका र १ववटा गाउँ पालिकाको हकदार छ ।

जस अनुसार मेलौलीलाई केन्द्रबिन्दु बनाएर शिवनाथ, उदयदेव , विशालपुर , महारुद्र ,सलेना ,र दुर्गास्थान गरी हालका ७ वटा गाविसलाई मिलाएर नगरपालिकाको मापदण्ड मिट हुन्छ ।

त्यसै गरी कुलाउलाई केन्द्र हुने गरी शर्माली महाकाली , पंचेश्वर , रोडीदेवल गिरेगडा मिलाएर एउटा गााउँ पालिका बनाउन सकिन्छ ।

भौगोलिक हिसाबले त्यस गाउँपालिकाको केन्द्र आमचोराको सैलोडामा उपयुक्त रहे पनि अन्य सबै आधार पुर्बाधारबाट कुलाउ नै उपयुक्त देखिन्छ । यस क्षेत्र बुद्धिजिवी राजनितिक कर्मी , नागरिक सामाज सबैले एक आपसमा गहन छलफल गरी उपयुक्त राय पेश गरी दुरगामी बन्नु जरुरी छ ।

तल्लो सोराडका मुख्य केन्द्रका रुपमा मेलौली र कुलाउलाई लिन सकिन्छ । ऐतिहासिकता , भावना र मनोविज्ञानलाई सन्तुलित आधारमा समेटने गरी पुनर्संरचना गर्दा एउटा नगर पालिका र एउटा गाउँ पालिका बनाउनका लागि सिफरिस गर्दा वैज्ञानिकता हुन्छ ।

२०६८ को डाटाका आधारमा एउटा नगरपालिका र एउटा गाउँ पालिकाका लागि जनसंख्यालाई मात्र आधार मान्ने हो भने पनि तल्लो सोराडका १४ वटा गाविसको कुल जनसंख्या ६० हजार भन्दा बढि नै देखिन्छ ।

जनसंख्यालाई नै मापन गर्दा पनि एक नगर पालिका र एक गाउँपालिका स्वतः पाउँछ सोराडले । यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक साधन श्रोतको प्रयाप्तता, ऐतिहासिकताको जगमा मेलौलीलाई नगरपालिकाकालागि संभावित तपशीलका आधारहरु उल्लेखित गरिन्छ ।

१.आवश्यक जनसंख्या बिद्धमान रहेको ।

२. तल्लो सोराडको प्रमुख बाणज्यि केन्द्र ,भौगोलिक रुपमा सबै क्षेत्रको पाईक पर्ने र सेवा सुबिधाका हिसाबले सबै आधारहरु भएको ।

३. स्नातक तहको क्याम्पस रहेको, हालका प्रत्येक गाविसहरुमा उमाविहरु संचालनमा रहेका ।

४. घरेलु तथा साना उघोग अन्तरगत स्थानिय स्तर मै कपडा बुन्ने काम अहिले संचालन नरहे पनि उधोगका आफ्नै भवन र पुर्बाधार हुंदा पुनः संचालनका लागि पहल (बजेट बिनियोजन) भइसकेको ।

५. बिठ्ठने , काँडा बजार , सुलेखान लगायतका ठाउँमा समथर ठूलो भाग रहेको (बिठ्ठने एयरपोर्टकालागि पंचायतकालमा नै छनौट भै सकेको ) ।

६. मुख्य बाणिज्य केन्द्र (काँडा ,सलेना, दुर्गास्थान ,लामालेक , मर्छेले , सुल्ल्ेखान लगायतका क्षेत्र ।

७. स्थानीय बजार ( शरेइखाली कपर्त, बागगोठ, स्वाखानी, रोकटा, थ्वा पचकोरा, हिरापुर (बसेडी भ्वाँ, हटकेचोर) लगायतका क्षेत्र ।

८. फेदमा सोर्नया ,बागोठगाड र घट्टी गाड पेल्या गाड रहेको ।

९. मुख्य राजमार्गको कालो पत्रेका लागि ठेक्का भइ सकेको ।

१०. प्रत्येक गाउँलाई छुने सडकहरु द्रैत गतिमा निर्माण भइराखेको ।

११. मेलौली , शिवनाथ गोयललेक सिमाको मनोरम दृष्य लगायतका पर्यटकीय स्थल रहेको ।

१२. घट्टी गाड तोल्यागाड र पेल्यागाडको किनारलगायतका प्रसस्त ठाउँमा फलाम खानीहरु रहेको छ भने सिरोडा खानमा बालुवाखानी , देउब्यानीमा बहुचर्चा बटुलेको रातो माटोको खानी, शिवनाथमा रहेको बहुचर्चित सिलेट जाँतो खानी रहेको ।

१३. शिवनाथ, चाप, भट्टेखोला, ओरड्पाखा, जर्कु, लखुल्ला लामालेक, मलेना कानली, बास लगायतका क्षेत्रमा घना बन जगंल भएको ।

१४. स्वास्थ्य सेवा अन्तरगत केशरपुर स्वास्थ्य केन्द्र मौजुत रहको, १५ सैय्याको अस्पतालकालागि जग्गा उपलब्धि भै सकेको ।

१५. कृषि र तरकारी उत्पादनकालागि खेतियोग्य फाँटहरु भएको, अहिले हडिना(हिउन्या, हतरगाँ, बसाडी, असुर(कोटिगाउँ, कफाडी, गाउँकोट, कानली, तोल्या, जर्कु , सलेना र स्याड्ीको तरकारीले मुख्य बजार केन्द्रको आपूर्ति गरेको छ ।

१६. राजनितिक बृतमा पनि यस क्षेत्रको आफ्नै बिशिष्टता छ । सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानको उदगम बिन्दु नै मान्न सकिन्छ भने, हरेक राजनैतिक परिवर्तनमा यस क्षेत्रले निर्णायक भूमिका बहन गरेको छ । दक्षिण एसियाकै पहिलो महिला मन्त्रि द्वारिकादेवी ठकुरानीको आफ्नै घर आँगन भएको क्षेत्र।

१७. बिगत लामो समय देखि नै पाटन पछिको इलाका प्रहरी कार्यालय स्थापना रहि आएको ।

१८. कृषि बिकास बैंकले उहिले देखि नै सेवा दिदै आएको थियो । यद्धपि द्वन्द्वको बेला त्यहाँबाट बिस्थापित भएपछि पुनःस्थापना गरिएको छैन । अहिले केहि प्राइभेट बैंकहरुले सेवा बिस्तार गरेको ।

१९. साविकको संरचनामा समेत मेलौलीलाई नगरपालिकामा अपग्रेडकालागि प्रसताव भै सकेको ।

यसकारण स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितीको उल्लेखित कार्यसर्तहरु यस मेलौली नगरपालिकाले पुरा गर्न सक्छ ।

नामाकरण जे राखिए पनि मेलौलीलाई नगरपालिकालागि सिफरिस गरी सोराड प्रति न्याय गरियोस । श्रावण १२ गते जिविसको प्राविधिक समितिको छलफलमा समेत यसक्षेत्रका सबै महानुभावहरुले एकरुपता सहितको राय पेश गरेको छ ।

निष्कर्ष:

जनताको ठुलो त्याग तपस्या र बलिदानबाट एकात्मक केन्द्रिकृत राज्य सत्ताबाट मुलुक संघीय संरचनामा गइ पुनर्संचना गरि रहेको अवस्थामा केहि पुरानै खालका नम्स र मापदण्ड देखाउदै कागजको नक्सा हेरेर जनताको भावना, चाहाना , मनोविज्ञान, बाहुल्यता , उत्पीडन , ऐतिहासिकता र सम्भावना समेतलाई तोड्मा्ड् गरिदैछ ।

हतार हतारमा बिकासे शैलीमा जिल्लाको प्राविधिक समितिले एउटा खाका बनाएर पठाउने कुरा ठूलो होइन ।

यस जिल्लाको भौगोलिक अवस्था , सामाजिक संरचना, बिकासका संभावनालाई पुनर्संचना आयोगले तय गरेको मापदण्ड समेटछ वा समेटदैन पहिलो छलफल यता हुनु पर्छ । पक्कै पनि यो जिल्लाको भौगोलिक बिकटता, सामाजिक तथा आर्थिक धरातललाई मध्यनजर गर्ने हो भने यस जिल्लालाई सात वटा मात्र स्थानीय तहमा लगाएको थ्रेस होल्डले समग्र जिल्लालाई न्याय हुदैन ।

यो जिल्लाको सबै क्षेत्रको धरातल हेर्दा बिशेष क्षेत्र,संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको मापदण्ड भित्र समाबेश गर्न सकिन्छ ।

यो मापदण्ड भित्र समावेश गरी यस जिल्लाको स्थानीय तहको संख्या १० बनाएर सोहि अनुसारको सिफारिस आयोगमा पठाईनु पर्छ । बिशिष्ट भेगीय रुपमा बिभाजित यो जिल्लाका सबै क्षेत्रले अमुक केन्द्रमा रहेको राजनिति, आर्थिक श्रोत, बिकास निर्माण र रुाज्यबाट प्रदत गरिने सेवा सुबिधालाई स्वतन्त्र रुपमा उपयोग तथा उपभोग गर्न चाहान्छन ।

हिजोको एकाधिकारको बिरासतबाट मुक्ति हुन खोजेका छन् ।

सुझाव दिने मान्छेको टाउका गनेर ,झण्डा गनेर वा ब्यानर गनेर सुझाव पठाउनुको औचित्य हुदैन किन कि सुझाव त्यो परिवेशमा लिईदैछ जुन परिवेशमा परिवर्तन चहाने , यथास्थितिमा बस्ने र पुरानै स्थितिमा फर्काउने बिचारहरु एउटै थलोमा छन । ६ दशक लामो कठोर संघर्ष र बलिदानीको परिणाम संघीय संरचना भएकाले त्यसकै मर्म अनुसार सबै निकायले आफ्नो जिम्मेवारीमा अडिक हुन जरुरी हुन्छ ।

लेखक दलित अधिकार अभियान्ता पनि हुन् |