७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तहको पुनर्संरचना र उत्पीडित क्षेत्रको आधार

१९ श्रावण २०७३, बुधबार ०१:५७

करन दयाल | हजारौ सहिदहरुको बलिदानबाट देश एकात्मकता बाट संघियतामा जादैंछ । यस देशको नेतृत्व गर्नेहरु केन्द्र तहमा सरकार फेर्ने खेलमा तल्लिन छन । 

सरकार गिराउने र बनाउने खेलबाट आजित भएका जनताहरुलाई रिझाउनकै लागि भए पनि कर्मचारी संयन्त्रलाई परिचालन गरेर स्थानीय तहको खाका तयार गर्ने काम शुरु भएको छ । 

एकात्मक र केन्द्रिकृत राज्य सत्ताको मारमा परेका दूरदराजका जनताहरुले जसरी त्यो राज्य सत्ताका बिरुद्ध सक्रियता देखाई संघर्ष गरे त्यसै गरी यस बहस छलफल कार्यक्रमा पनि सक्रियता देखाई दूरगामी भूमिका खेल्न आवश्यक छ । 

यस बैतडी जिल्लामा केन्द्रीय नम्सका आधारमा गाउँपालिका र नगर पालिकाको संख्या ७ वटा मात्र हुन पर्ने छ । हामी संग २वटा नगरपालिका मौजुत छन । 

फेरी थप नगरपालिका बनाउने वा गाँउ पालिका बनाउने यति बेला गम्भिर बहसको खाँचो छ । ऐतिहासिक काल देखि नै बिभिन्न दृष्टिकोणबाट यस जिल्लाको बिशेष महत्व राख्ने तल्लो सोराड क्षेत्र , पुर्चौडी क्षेत्र र च्वाँगढ  क्षेत्र बिशेष क्षेत्रका हकदार छन । 

यी क्षेत्रहरुमा एक एक वटा नगरपालिका अनिवार्य सिफारिस गर्न कुनै पनि हालतमा कन्जुस्याई गर्नु हुदैन । कुनै पनि बहानामा यी क्षेत्रको नगर पालिका पाउने हक कटौती गरयो भने ठूलो अन्याय हुनेछ किन कि हामी आजका लागि मात्र होईन भविष्यकालागि यस्तो खाका कोर्दै छौं ।

 भोलकिो सन्ततिले हाम्रो प्रयासबाट राम्रो नतिजाको स्वाद लिन पाओस । अमुक कारण देखाएर यस्तो गल्ति कुनै पनि पक्ष बाट हुनु हुदैन । 

यी क्षेत्रहरु पुराना प्रबृति र पात्रहरुबाट पुनः शासित हुन चाहादैनन । हरेक क्षेत्रको आफ्नै किसिमको ऐतिहासिकता छ ।

स्थानीय तह पुनर्संरचना जस्तो कुरा ईतिहासमा नै टेकेर गरिनु पर्छ । ईतिहासलाई तोड्मोड् गरिनु हुदैन । नौलो भन्ने नाममा पुरानोलाई बाइपास गरिनु पनि हुदैन र परानै ठिक भनेर सबै कुरा यथास्थानमा पनि राखिनु हुदैन ।

स्थानिय तहको पुनर्संरचना गर्दा तल्लो सोराड क्षेत्रलाई बिभाजित हुने गरी गरिनु हुदैन । तल्लो सोराड क्षेत्र सदियौ देखि सबै कोणबाट उपेक्षा गरिएकै हो । 

अझ पनि कुनै पनि पक्षबाट खेलवार्ड र राजनिति गरिनु हुदैन ।तल्लोसोराडको मौजुत आधार र मापदण्डका आधारमा १वटा नगरपालिका र १ववटा गाउँ पालिकाको हकदार छ । 

जस अनुसार मेलौलीलाई केन्द्रबिन्दु बनाएर शिवनाथ, उदयदेव , विशालपुर , महारुद्र ,सलेना ,र दुर्गास्थान  गरी हालका ७ वटा गाविसलाई मिलाएर  नगरपालिकाको मापदण्ड मिट हुन्छ । 

त्यसै गरी कुलाउलाई केन्द्र हुने गरी शर्माली महाकाली , पंचेश्वर , रोडीदेवल गिरेगडा मिलाएर एउटा गााउँ पालिका बनाउन सकिन्छ । 

भौगोलिक हिसाबले त्यस गाउँपालिकाको केन्द्र आमचोराको सैलोडामा उपयुक्त रहे पनि अन्य सबै आधार पुर्बाधारबाट कुलाउ नै उपयुक्त देखिन्छ । यस क्षेत्र बुद्धिजिवी राजनितिक कर्मी , नागरिक सामाज सबैले एक आपसमा गहन छलफल गरी उपयुक्त राय पेश गरी दुरगामी बन्नु जरुरी छ । 

तल्लो सोराडका मुख्य केन्द्रका रुपमा मेलौली र कुलाउलाई लिन सकिन्छ । ऐतिहासिकता , भावना र मनोविज्ञानलाई सन्तुलित आधारमा समेटने गरी पुनर्संरचना गर्दा एउटा नगर पालिका र एउटा गाउँ पालिका बनाउनका लागि सिफरिस गर्दा वैज्ञानिकता हुन्छ ।

२०६८ को डाटाका आधारमा एउटा नगरपालिका र एउटा गाउँ पालिकाका लागि जनसंख्यालाई मात्र आधार मान्ने हो भने पनि तल्लो सोराडका १४ वटा गाविसको कुल जनसंख्या ६० हजार भन्दा बढि नै देखिन्छ ।

जनसंख्यालाई नै मापन गर्दा पनि एक नगर पालिका र एक गाउँपालिका स्वतः पाउँछ सोराडले । यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक साधन श्रोतको प्रयाप्तता, ऐतिहासिकताको जगमा मेलौलीलाई नगरपालिकाकालागि संभावित तपशीलका आधारहरु उल्लेखित गरिन्छ ।

१.आवश्यक जनसंख्या बिद्धमान रहेको ।   

२. तल्लो सोराडको प्रमुख बाणज्यि केन्द्र ,भौगोलिक रुपमा सबै क्षेत्रको पाईक पर्ने र सेवा सुबिधाका हिसाबले सबै आधारहरु भएको ।

३. स्नातक तहको क्याम्पस रहेको, हालका प्रत्येक गाविसहरुमा उमाविहरु संचालनमा रहेका ।

४. घरेलु तथा साना उघोग अन्तरगत स्थानिय स्तर मै कपडा बुन्ने काम अहिले संचालन नरहे पनि उधोगका आफ्नै भवन र पुर्बाधार हुंदा पुनः संचालनका लागि पहल (बजेट बिनियोजन) भइसकेको ।  

५. बिठ्ठने , काँडा बजार , सुलेखान लगायतका ठाउँमा समथर ठूलो भाग रहेको (बिठ्ठने एयरपोर्टकालागि पंचायतकालमा नै छनौट भै सकेको ) । 

६. मुख्य बाणिज्य केन्द्र (काँडा ,सलेना, दुर्गास्थान ,लामालेक , मर्छेले , सुल्ल्ेखान लगायतका क्षेत्र ।      

७. स्थानीय बजार ( शरेइखाली कपर्त, बागगोठ, स्वाखानी, रोकटा, थ्वा        पचकोरा, हिरापुर (बसेडी भ्वाँ, हटकेचोर) लगायतका क्षेत्र ।

८. फेदमा सोर्नया ,बागोठगाड र घट्टी गाड पेल्या गाड रहेको ।

९. मुख्य राजमार्गको कालो पत्रेका लागि ठेक्का भइ सकेको ।

१०. प्रत्येक गाउँलाई छुने सडकहरु द्रैत गतिमा निर्माण भइराखेको । 

११. मेलौली , शिवनाथ गोयललेक सिमाको मनोरम दृष्य लगायतका पर्यटकीय स्थल रहेको ।

१२. घट्टी गाड तोल्यागाड र पेल्यागाडको किनारलगायतका प्रसस्त ठाउँमा फलाम खानीहरु रहेको छ भने सिरोडा खानमा बालुवाखानी , देउब्यानीमा बहुचर्चा बटुलेको रातो माटोको खानी, शिवनाथमा रहेको बहुचर्चित सिलेट जाँतो खानी रहेको । 

१३. शिवनाथ, चाप, भट्टेखोला, ओरड्पाखा, जर्कु, लखुल्ला लामालेक, मलेना कानली, बास लगायतका क्षेत्रमा घना बन जगंल भएको ।

१४. स्वास्थ्य सेवा अन्तरगत केशरपुर स्वास्थ्य केन्द्र मौजुत रहको, १५ सैय्याको अस्पतालकालागि जग्गा उपलब्धि भै सकेको ।

१५. कृषि र तरकारी उत्पादनकालागि खेतियोग्य फाँटहरु भएको, अहिले हडिना(हिउन्या, हतरगाँ, बसाडी, असुर(कोटिगाउँ, कफाडी, गाउँकोट, कानली, तोल्या, जर्कु , सलेना र स्याड्ीको तरकारीले मुख्य बजार केन्द्रको आपूर्ति गरेको छ  । 

१६. राजनितिक बृतमा पनि यस क्षेत्रको आफ्नै बिशिष्टता छ । सामाजिक तथा सांस्कृतिक रुपान्तरण अभियानको उदगम बिन्दु नै मान्न सकिन्छ भने, हरेक राजनैतिक परिवर्तनमा यस क्षेत्रले निर्णायक भूमिका बहन गरेको छ । दक्षिण एसियाकै पहिलो महिला मन्त्रि द्वारिकादेवी ठकुरानीको आफ्नै घर आँगन भएको क्षेत्र।

१७. बिगत लामो समय देखि नै पाटन पछिको इलाका प्रहरी कार्यालय स्थापना रहि आएको ।

१८. कृषि बिकास बैंकले उहिले देखि नै सेवा दिदै आएको थियो । यद्धपि द्वन्द्वको बेला त्यहाँबाट बिस्थापित भएपछि पुनःस्थापना गरिएको छैन । अहिले केहि प्राइभेट बैंकहरुले सेवा बिस्तार गरेको ।

१९. साविकको संरचनामा समेत मेलौलीलाई नगरपालिकामा अपग्रेडकालागि प्रसताव भै सकेको । 

यसकारण स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितीको उल्लेखित कार्यसर्तहरु यस मेलौली नगरपालिकाले    पुरा गर्न सक्छ । 

नामाकरण जे राखिए पनि मेलौलीलाई नगरपालिकालागि सिफरिस गरी सोराड प्रति न्याय गरियोस । श्रावण १२ गते  जिविसको प्राविधिक समितिको छलफलमा समेत  यसक्षेत्रका सबै महानुभावहरुले एकरुपता सहितको राय पेश गरेको छ । 

निष्कर्ष: 

जनताको ठुलो त्याग तपस्या र बलिदानबाट एकात्मक केन्द्रिकृत राज्य सत्ताबाट मुलुक संघीय संरचनामा गइ पुनर्संचना गरि रहेको अवस्थामा केहि पुरानै खालका नम्स र मापदण्ड देखाउदै कागजको नक्सा हेरेर जनताको भावना, चाहाना , मनोविज्ञान, बाहुल्यता , उत्पीडन , ऐतिहासिकता र सम्भावना समेतलाई  तोड्मा्ड् गरिदैछ । 

हतार हतारमा बिकासे शैलीमा जिल्लाको प्राविधिक समितिले एउटा खाका बनाएर पठाउने कुरा ठूलो होइन । 

यस जिल्लाको भौगोलिक अवस्था , सामाजिक संरचना, बिकासका संभावनालाई पुनर्संचना आयोगले तय गरेको मापदण्ड समेटछ वा समेटदैन पहिलो छलफल यता हुनु पर्छ । पक्कै पनि यो जिल्लाको भौगोलिक बिकटता, सामाजिक तथा आर्थिक धरातललाई मध्यनजर गर्ने हो भने यस जिल्लालाई सात वटा मात्र स्थानीय तहमा लगाएको थ्रेस होल्डले समग्र जिल्लालाई न्याय हुदैन । 

यो जिल्लाको सबै क्षेत्रको धरातल हेर्दा बिशेष क्षेत्र,संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको मापदण्ड भित्र समाबेश गर्न सकिन्छ । 

यो मापदण्ड भित्र समावेश गरी यस जिल्लाको स्थानीय तहको संख्या १० बनाएर सोहि अनुसारको सिफारिस आयोगमा पठाईनु पर्छ । बिशिष्ट भेगीय रुपमा बिभाजित यो जिल्लाका सबै क्षेत्रले अमुक केन्द्रमा रहेको राजनिति, आर्थिक श्रोत, बिकास निर्माण र रुाज्यबाट प्रदत गरिने सेवा सुबिधालाई स्वतन्त्र रुपमा उपयोग तथा उपभोग गर्न चाहान्छन । 

हिजोको एकाधिकारको बिरासतबाट मुक्ति हुन खोजेका छन् । 

सुझाव दिने मान्छेको टाउका गनेर ,झण्डा गनेर वा ब्यानर गनेर सुझाव पठाउनुको औचित्य हुदैन किन कि सुझाव त्यो परिवेशमा लिईदैछ जुन परिवेशमा परिवर्तन चहाने , यथास्थितिमा बस्ने र पुरानै स्थितिमा फर्काउने बिचारहरु एउटै थलोमा छन । ६ दशक लामो कठोर संघर्ष र बलिदानीको परिणाम संघीय संरचना भएकाले त्यसकै मर्म अनुसार सबै निकायले आफ्नो जिम्मेवारीमा अडिक हुन जरुरी      हुन्छ ।  

लेखक दलित अधिकार अभियान्ता पनि हुन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित नेपाल एयरलाइन्सको विमानमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु रवि लामिछाने पत्नी निकिताविरुद्ध पनि कास्की अदालतमा मुद्दा गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता