2026-10-20 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्। नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताए।

‘म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न,’ सभापति थापाले भने, ‘प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ । त्यो नियममा उहाँ रहनुपर्छ ।’

थापाले सरकार संविधान र कानुनभन्दा बाहिर हिँडेमा कांग्रेस ज्युँदो रहेको बताए। ‘सरकार कानुनभन्दा विपरीत तरिकाले मसँग बहुमत छ भनेर हिँड्छ भने कांग्रेस ज्युँदो छ,’ थापाले भने । सरकारले झोक चल्यो भन्दैमा सुकुमबासी बस्तीमा डोजर चलाउन र व्यवसायीलाई प्रहरी लगाएर उठाउन नपाउने बताए ।‘मन लाग्यो झोक चल्यो भन्दैमा बिहान बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,’ थापाले भने, ‘ मन्त्रीलाई भेट्न मन लाग्यो भन्दैमा प्रहरी लगाएर व्यवसायीलाई उठाएर मन्त्रालयमा ल्याउन पाइँदैन ।’

उनले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै बोलेर प्रतिपक्षीलाई हेपेको र अहिलेको सरकारले नबोलेर हेपेको बताए । ‘पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ,’ थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ