2026-09-30 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्। नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भएपनि संविधान, कानुन ऐन र नियममा बाँधिनुपर्ने बताए।

‘म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न,’ सभापति थापाले भने, ‘प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ । त्यो नियममा उहाँ रहनुपर्छ ।’

थापाले सरकार संविधान र कानुनभन्दा बाहिर हिँडेमा कांग्रेस ज्युँदो रहेको बताए। ‘सरकार कानुनभन्दा विपरीत तरिकाले मसँग बहुमत छ भनेर हिँड्छ भने कांग्रेस ज्युँदो छ,’ थापाले भने । सरकारले झोक चल्यो भन्दैमा सुकुमबासी बस्तीमा डोजर चलाउन र व्यवसायीलाई प्रहरी लगाएर उठाउन नपाउने बताए ।‘मन लाग्यो झोक चल्यो भन्दैमा बिहान बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,’ थापाले भने, ‘ मन्त्रीलाई भेट्न मन लाग्यो भन्दैमा प्रहरी लगाएर व्यवसायीलाई उठाएर मन्त्रालयमा ल्याउन पाइँदैन ।’

उनले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै बोलेर प्रतिपक्षीलाई हेपेको र अहिलेको सरकारले नबोलेर हेपेको बताए । ‘पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ,’ थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री