2026-09-18 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

पुस ६, झापा । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ वर्ष अघिसम्म लागुऔषधका दुव्यर्सनीको अखडाजस्तै थियो । त्यसबेला यहाँ देवकोटाको अर्धकदको शालिक थियो । असामाजिक तत्वले शालिक पटकपटक तोडफोड गरेका थिए । स्थानीय युवाले पार्कको महत्व बुझेर स्याहारसम्भार गर्दै जाँदा अहिले देवकोटा पार्क पर्यटक लोभ्याउने स्थलको रूपमा विकसित भएको हो ।

कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको पार्क तिहारको लक्ष्मीपूजाको दिनदेखि खुलेको थियो । विभिन्न मनमोहक फूल र वृक्षले भरिभराउ पार्कमा बालबालिकालाई पिङ, चिप्लेटी, ढिकीच्याउँ, मिनी रेललगायतका खेल्ने सामान राखिएको छ । बाल उद्यानका कारण दैनिक १०० को हाराहारीमा बालबालिका नै अभिभावकसहित आउने गरेका छन् । 

पार्कको संरक्षण र सौन्दर्य अभिवृद्धिका लागि स्थानीय युवा बालकृष्ण थापाले युवा स्वयंसेवकको अगुवाइ गरिरहेका छन् । पार्कको सरसफाइ, बगैँचाको गोडमेल, फूलको रोपणजस्ता काममा युवा स्वयंसेवक नियमित खट्छन् । युवाको लगनशीलता देखेर स्थानीय नगरपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले पार्कलाई व्यवस्थित तुल्याउन आर्थिक सहयोग गर्न थालेका छन् । 

देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव फणीन्द्र घिमिरेले आर्थिक सहयोग जुटेपछि शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालय, वाइफाइ, बिजुली, खानीपानीसमेतको व्यवस्था गरिएको बताउनुभयो । उहाँले युवाले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा निर्माण गरिएको पुस्तकालय र कफी सेन्टर चाँडै उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो ।

पार्क व्यवस्थापनका लागि प्रदेश नम्बर १ को सरकारले रु एक लाख, मेचीनगर नगरपालिकाले रु १४ लाख, वडा नम्बर ६ ले रु तीन लाख, नेपाल पर्यटन बोर्डले रु सात लाख आर्थिक सहयोग गरेको देवकोटा निर्माण व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताउनुभयो । “कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको पार्कको विकास गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ”, उहाँ भन्नुहुन्छ, “देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी स्वेच्छिक सहयोगसमेत गरेका छौँ ।”

कोभिड कहरकै अवधिमा काँकडभिट्टासम्म एशियाली राजमार्गको छ लेनको फराकिलो सडक निर्माण भइसकेको छ भने मेचीमा चार लेनको नयाँ पुल बनेको छ । निकट भविष्यमा नाका खुला भएपछि पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट भित्रिने पर्यटकको पहिलो नजर देवकोटा पार्कमा पुग्ने मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बिना तामाङले बताउनुभयो ।

व्यवस्थापन समितिले पार्कमा खेल्न आउने १२ वर्षमुनिका बालबालिकाका लागि रु १० टिकटको व्यवस्था गरेको छ । बालबालिकाले टिकट लिएपछि अभिभावकलाई हेरचाहमा प्रवेश निःशुल्क गरिएको छ । कोरोनाका कारण विद्यालय बन्द रहेकाले दैनिक १०० भन्दा बढी बालबालिका पार्कमा खेल्न घुम्नका लागि आउने गरेको अध्यक्ष थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई