१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार र कमिशनको खेल

२० श्रावण २०७३, बिहीबार ०३:४८

चन्द्र सिङ अदै | कमिशनको जालो नेपालमा सबैतिर फैलिएको छ । यतिसम्म फैलिएको छ कि सानो तिनो झाडुले सफा गरेर यो सफा हुनै सक्दैन । हरेक दिन हामी पत्रिकाहरुमा भारत र चिनका बिभिन्न युनिभर्सिटीका विज्ञापन देखिरहेका हुन्छौं । एकजना बिद्यार्थीलाइ भारतमा पठाउँदा सामान्यतयाः ३० हजार देखि तिन लाख सम्म सम्बन्धित कन्सल्टेन्सीले कमिशन पाउने गर्छ । यहाँका प्रायजसो कन्सल्टेन्सीले १० प्रतिशत देखि ५० प्रतिशतसम्म कमिशनमा काम गरिरहेका हुन्छन् । यदि कुनै विद्यार्थीले भारतमा गएर तिस लाख जति खर्च गरेर पढ्छ भने पाँच लाख जति कमिशनको रुपमा कन्सल्टेन्सीले पाएको हुन्छ । यदि तिनीहरुको फिस ५ लाख जति छ भने ३० हजार कमिशन स्वरुप कन्सल्टेन्सीको भागमा आएको हुन्छ । 

हाम्रो देशका बिद्यालय र त्यहाँ कार्यरत शिक्षकहरुले यहाँका होनहार विद्यार्थीहरुलाइ यसरी भारतमा या अन्य मुलुकमा पढ्न पठाउँदा नेपालको लाखौं रुपैंया खेर गइरहेको कुरामा अभिभावक वेखवर रहेका छन् । त्यसैगरी अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका देशमा गएका बिद्यार्थीवाट पनि ३० देखी ५० प्रतिश नेपालका कन्सल्टेन्सीलाइ कमिशन आइरहेको हुन्छ ।  

नेपालका नाम चलेका सबैजसो स्कुल र कलेजले यहाँ कमिशनको खेल खेलिरहेका छन् । कुनै राम्रो नाम चलेको स्कुल र क्याम्पसका शिक्षकहरुले आफ्नो गोजीमा कुनै न कुनै कन्सल्टेन्सीको कार्ड राखेकै हुन्छन् र तिनीहरुले सम्बन्धित कन्सल्टेन्सीको बिज्ञापन पनि गरिरहेकै हुन्छन् । कन्सलटेन्सीले पनि शिक्षकलाइ हामी यति प्रतिशत कमिशन दिन्छौं भनेर प्रलोभन देखाइरहेका हुन्छन् । यसको मतलव के हो भने प्रत्येक स्कुल र कलेजमा शिक्षाको नाममा कमिशनतन्त्रको खेल भइरहेको छ । यसमा कसैको ध्यान गएको देखिन्न । 

अव युरोपको कुरा गरौं । युरोपका कुनै देशमा पढ्न जाने बिद्यार्थीको लागि भिसा अप्लाइ हुन बित्तिकै सेटिङ्गको नाममा कन्सलटेन्सीलाइ एकलाख देखि तिनलाख सम्म कमिशन आइपुगेको हुन्छ । नेपालको पैशा हरेक दिन वाहिर गइरहेको छ । कतिपय बिद्यार्थीले सम्बन्धित देशको पिआर लिनको लागि अनेक खाले बहानावाजी गरिरहेको पनि सुन्नमा पाइन्छ । त्यस्ता बिद्यार्थी आफ्नो देश र आफ्ना वाआमा निकै गरिव भएको बहाना बनाउन पनि पछि परेका हुँदैनन् । यसरी पिआर पाउनको लागि आफ्नो देश र आफ्ना आमा वुवाको बदनामी गराउन पछि नपर्ने नेपालीवाट हामीले के नै राम्रो आशा गर्न सकिन्छ र । अर्काको देशको नागरिक बन्नको लागि र आफ्नो भविष्य बनाउनको लागि गाँउमा हजुरवुवाले कमाएको सम्पत्ति वेचेर, सारा चिज त्यागेर यसरी बिदेशमा पैशा लिएर जानेको यहाँ कमी छैन । 

हुण्डीको बिगबिगी

यसरी एकातिर नेपालको लाखौं रुपैंया विदेशमा खेर गइरहेको छ भने अर्कोतिर त्यो रकम विदेश पुर्याउनको लागि अबैधानिक तरिकाले हुण्डीको प्रयोग बढ्दै गइरहेको छ । नेपाल सरकारले गम्भिरतापूर्वक सोचेर बैंक मार्फत वैधानिक तरिकाले रकम बिदेश लैजाने र ल्याउने व्यवस्था गरिदिने हो भने हजारौं नेपाली युवाले वैंकमा रोजगारी पाउने निश्चित थियो । तर हाम्रो देशको सरकारले बैंक  मार्फत वैधानिक तरिकाले रकम लाने ल्याउने व्यवस्था गरिदिन सकेको छैन जसका कारण अबैधानिक तरिकाले हुण्डीको प्रयोग फस्टाउँदै गइरहेको छ । सरकारले हुण्डीको प्रयोगलाइ वैधानिकता दिन पनि सक्दैन र अर्को वैकल्पिक व्यवस्था गरिदिन पनि सक्दैन जसले गर्दा दिन दहाडै नेपालका गल्लीगल्लीमा ब्रम्हलुट भैरहेको छ । 

नेपालमा सबैभन्दा धेरै लगानी शिक्षामा भएको देखिन्छ । उच्च शिक्षा अध्ययन गर्न जानेको लागि यहाँवाट अभिभावकले हुण्डी मार्फत पैशा हालिदिने गरेका छन् । नेपाल सरकारले हुण्डीको प्रयोगमा रोक त लगाएको छ तर त्यसको बिकल्प केही पनि दिएको छैन । यसो गर्दा हुण्डीको प्रयोग घट्नुको साटो बढ्दै गइरहेको देखिन्छ । 

पहिले विदेशवाट नेपाल पैशा पठाउँदा हुण्डीको प्रयोग गरिन्थ्यो । करिव दुइ दशक अगाडि नेपालमा बैंकको प्रचलन त्यत्ति थिएन । व्यापारीहरुले उतावाट सामान ल्याएर आउँथे र यता आएर त्यो सामान बेचेर मात्र सम्वन्धित व्यक्तिलाइ पैशा पुर्याइदिने गर्दथे । यसरी नेपालमा हुण्डीको कारोवार फस्टाएको हो । बैंक मार्फत पैशा पठाउँदा लामो समय लाग्ने तर हुण्डी प्रयोग गर्दा पैशा छिट्टै पाउने हुनाले पनि मानिसले अवैधानिक भएपनि हुण्डीको प्रयोग गर्न थालेका हुन् । 

अहिले चिन, कोरिया, थाइल्याण्ड, गल्फ लगायतका देशवाट हुण्डी मार्फत नै पैशा आउँछ । यहाँवाट पनि विदेश पढ्न जानेको लागि हुण्डी मार्फत नै पैशा पठाइने गरेको छ । एकपटकमा १० लाख भन्दा बढी पैशाको कारोवार गर्नुपर्यो भने हुण्डीको प्रयोग गरिन्छ । 

इराक र अफगानिस्तान जानेहरुका दुःख

सरकारको सही नीति नभएकै कारण आज नेपाल कमिशनतन्त्रको जालोमा फँस्दै गएको छ । इराक र अफगानिस्तानवाट आउने डलर सबैलाइ प्यारो छ । त्यहाँवाट आउने रेमिट्यान्स सबैलाइ प्यारो छ तर आफ्नो ज्यानलाइ दाँउमा राखेर इराक र अफगानिस्तान जाने युवाको पिडा वुझिदिने कोही छैन । सरकारले वैधानिक हिसावले ति देशमा जाने व्यवस्था मिलाइदिने हो भने तिनीहरुको धेरै पैशा खर्च हुने थिएन । तिनीहरुले ज्यानलाइ दाँउमा राख्नुपर्ने पनि थिएन । ५० हजार तिर्ने हो भने इराक र अफगानिस्तानमा सजिलै जान सकिन्थ्यो तर आज नेपाल सरकारको कुनै स्पष्ट नीति नभएकै कारण नेपालीहरु ३ देखी ४ लाखसम्म तिरेर ति देशहरुमा जान वाध्य भैरहेका छन् । उनिहरु सिधा विमानस्थलवाट उड्न पाउँदैनन् । अनेक थरी सेटिङ्ग मिलाएर मात्र उड्नुपर्ने हुँदा उनिहरुलाइ धेरै झमेलाहरुमा फँस्नुपर्ने हुन्छ । नेपाल र भारतका विमानस्थलमा सेटिङ्गमा एकलाख देखी डेढलाखसम्म खर्च गरेर मात्र उड्न पाएका उदाहरण हाम्रा सामु छरपस्ट छन् । 

महिलाको लागि असुरक्षित बैदेशिक रोजगार

आजसम्म जतिपनि महिला वैदेशिक रोजगारीमा गएका छन् ति सबै कुनै न कुनै किसिमले शोषणमा परेका छन् । सयमा एकाध जनालाइ राम्रो हुनसक्ला तर समग्रमा महिलाको वैदेशिक रोजगार गमन सुरक्षित छैन । हाउसमेडको रुपमा जति पनि महिलाहरु गएका छन् त्यो भनेको सरासर वेचिनु नै हो । पैशा कमाइ हुन्छ भन्दैमा आफ्नो ज्यान जोखिममा राखेर अवैधानिक ठाँउहरुमा काम गर्न जानु गलत कुरा हो । उनिहरुलाइ यो कुराको चेतना हुन जरुरी छ । 

हाउसमेडको रुपमा काम गर्न जाने महिलाहरु ९९सय प्रतिशत नै असुरक्षित छन् । पहिलो कुरा तिनीहरुलाइ राम्रोसँग भाषा आउँदैन । दोश्रो कुरा त्यो देशका नीति नियम र ऐन कानुनको वारेमा केही जानकारी हुँदैन । केही पर्यो भने उजुरी गर्न कहाँ जाने भन्ने कुरा थाहा हुँदैन । अप्ठ्यारो परेको खण्डमा कसको सहारा लिने भन्ने पनि थाहा हुँदैन । कुनै कुनै देशहरुमा नेपाली महिलाहरु गलत काम गरिरहेको अवस्थामा रंगेहात फेलापरेमा खालीखुट्टा जेल हालेको, निल डाम हुने गरी पिटेर नेपालमै पठाएको घटना पनि वेलामौकामा सुन्न पाइन्छ ।

सवैभन्दा भयावह अवस्था त यो छ कि अहिले जतिपनि नेपाली महिला बैदेशिक रोजगारीमा गएका छन् ।  अवको १० बर्षपछि तिनीहरुवाट जन्मिएका सन्तानले नागरिकता कहाँवाट पाउने भन्ने कुराको ठूलो समस्या आउने वाला छ । विना वावुको बच्चा भनेपछि कसैले पनि मन पराउन सक्दैन । अर्कोतिर समाजमा पनि तिनीहरुलाइ स्वीकार गरिएको हुँदैन । आउने एक दशकमा यो समस्याले बिकराल स्वरुप लिने देखिन्छ । उसो त आमाको नामवाट नागरिकता लिने भन्ने कुरा पनि अहिले बहशमा आएको छ । तर यस्तो अवस्थामा काम गर्न बिदेश गएका महिलाहरुले जन्माएका बच्चाहरुको हकमा कसरी समस्या समाधान गर्ने हो भनेर आजैवाट छलफल र वहश हुन जरुरी छ ।

युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययनको लागि जाने युवतीहरु पनि सुरक्षित छैनन् । गाँउमा भएका तिनका परिवारले तिनको महंगो फिस तिरिदिन सक्दैनन् । उतै काम गर्दै पढ्दै गर्छु भन्नु पनि असुरक्षामा पर्नु नै हो । मास्टर डिग्री गर्नको लागि या पिएचडि गर्नको लागि बिदेश जान्छन् भने ठिकै छ तर एसएलसी र भर्खर प्लस टु गरेका बिद्यार्थीहरुको लागि युरोपियन देशमा गएर काम गर्दै पढ्ने कुरा आकाशको फल जत्तिकै र्दुलभ कुरा हो । यो गलत कुरा हो । यो विषयमा सबैले मनन् गर्नु आवश्यक छ । पैशा आउँछ भनेर आँखा चिम्लेर हाम फाल्नु सबै हिसावले गलत छ । 

शिक्षा क्षेत्रमा भइरहेको बिकृति

शिक्षा क्षेत्रको बिकृति के छ भने बिदेशी कलेजको नाम लिएर करोडौं रुपैंयाको कमिशनको खेलमा यहाँका कतिपय नाम चलेका स्कुल कलेजहरु लगेका छन् । गलत तरिकाले करोडौं रुपैंयाको चलखेल भैरहँदा पनि यहाँको सरकार कानमा तेल हालेर बसेको छ । विदेशी क्याम्पसका सम्बन्धन प्राप्त भनिने कलेजहरुले नेपालवाट खरवौं रुपैंया कुम्ल्याएर विदेश पठाइरहँदा पनि यहाँको प्रशासन मुकदर्शक बनिरहेको छ । नेपालीहरुलाइ ठगेर करोडौं रुपैंया बिदेश चलखेल भइरहेको छ ।

एउटा बिदेशी कलेजले नेपालका ५० बढी कलेजलाइ सम्बन्धन दिएको छ । यहाँका ति ५० बढी कलेजले विदेशको एउटा कलेजलाइ रोयल्टी तिर्छन् । एउटा कलेजले एक जनाको सय डलरकै हिसावले मात्रै तिर्यो भने पनि ५० वटा कलेजको सयौं विद्यार्थीको गर्दा करोडौं डलर त यत्तिकै बिदेशिइरहेको छ । एउटा स्कुलले ५० औं हजार डलर तिरीरहेको छ । बिदेशको खोक्रो सर्टिफिकेट किने जस्तो गरेर बिद्यार्थी पनि यसरी सिधा सिधा तरिकाले ठगिइरहेका छन् । 

त्रिभुवन युनिभर्सिटीको भन्दा ठूलो सञ्जाल यहाँ यसरी लागिरहेको छ । त्यो भन्दा त सबै क्याम्पसहरुमा त्रिभुवन युनिभर्सिटीकै सम्वन्धन दिए कमसेकम दिनदहाडै यस्तो ब्रम्हलुट त हुने थिएन । यहाँ सम्बन्धन दिएको बिदेशी कलेजले करोडौं कुम्ल्याएर जाँदा पनि यहाँको सरकार निरिह र लाचार मात्रै बनिरहेको छ । के नेपालीको पैशा सस्तो भएको हो ? कसैले अमेरिकाको सर्टिफिकेट नेपालमै बनाएर बेच्ने गरेको छ भने कसैले स्वीजरल्याण्डको सर्टिफिकेट नेपालमै बनाएर वेच्ने गरेका छन् । कसैले युरोपको सर्टिफिकेट पनि यहीँ छपाउने गरेका छन् । यदि तिनीहरुले दिने सर्टिफिकेट सही  हुन् भने त्यो देशको च्याम्वर अफ कमर्स र परराष्ट्र मन्त्रालयको छाप हानेर ल्याउन् त्यसपछि मात्र नेपालमा पढाइ भएपनि त्यो देशको आधिकारिक अधिकार प्राप्त कलेज र सर्टिफिकेट भनेर मान्य हुनेछ । होइन भने त सरासर नेपाली बिद्यार्थीहरु ठगिइरहेका छन् र ठगिइ नै रहने छन् ।

यहाँनेर सरकारी कर्मचारीहरुलाइ पनि शंकाको  नजरले हेर्नु पर्ने देखिन्छ । कतै त्यहाँ पनि कमिशनको खेल भइरहेको त छैन भनेर आशंका गर्ने ठाँउ प्रशस्त छ । यदि त्यहाँ कमिशनको खेल नभएको भए किन उनिहरुले आँखा चिम्लेर यस्ता बिद्यालयलाइ सबै अधिकार दिएका छन् ? यो बिषयमा सम्वन्धित सबैले गम्भिर भएर अध्ययन गर्नुपर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ?