2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

पुस २४, गोरखा । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । 

नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ । कार्यक्रमअन्तर्गत पुस २६ गते नगरपालिकाभित्रका सबै वडामा सरसफाइ कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो । 

“नेपाल चेम्बर अफ कर्मससँगको सहकार्यमा सोही दिन गोरखा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि गरिनेछ”, उहाँले भन्नुभयो, “पुस २७ गते गोरखा युथ क्लबको संयोजनमा द्रव्य शाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ ।”

त्यस्तै पुस २७ गते सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो । दिवसका अवसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाइमा वक्तृत्वकला प्रतियोगितासहित खेलाडी सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिने उहाँको भनाइ छ । नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल