साउन २०, गोरखा । गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, गोरखा । गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ । 
2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पहिरोको पूर्वसूचना दिने यन्त्र जडान

साउन २०, गोरखा । गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ । 

हालै गएको पहिरोमा परी तीनजनाको मृत्यु भएपछि पहिरोबाट थप मानवीय तथा भौतिक क्षति नहोस् भन्नका लागि सूचना दिने यन्त्र (साइरन) जडान गरिएको केरौँजा माविका शिक्षक सञ्जय ढकालले जानकारी दिनुभयो । 

नुवाकोट जिल्लाको मदानपुर गाविसका युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले निर्माण गर्नुभएको प्रविधि ९साइरन० महावीर पुनको आग्रहमा केरौँजाको मुख्य बस्तीमा जडान गरिएको हो । गाउँमा सो प्रविधि जडान गरेपछि ४२५ टहरोमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् । 

पहिरो जानसक्ने जोखिमयुक्त ठाउँमा जमिनको भित्री सूक्ष्म कम्पन थाहा पाउने सेन्सर राखिएको र जमिनमा कम्पन हुने बित्तिकै गाउँमा राखिएको तारले जोडिएको साइरन बज्ने व्यवस्था मिलाइएको छ । यो यन्त्रले पहिरो जानु २४ घन्टापूर्व नै जानकारी दिने बताइएको छ । सो यन्त्र ९साइरन० टेक्नोलोजी सेल्स प्रालिले निर्माण गरेको हो । 

पहिरोको उच्च जोखिममा केरौँजा रहेको सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रकाशित भएपछि साइरन राखिएको हो । म्यागासेसे पुरस्कार विजेता पुनको राष्ट्रिय आविष्कार केन्द्रले साइरन राख्न आग्रह गरेपछि केरौँजा पुगेर मङ्गलबार साइरन जोडिएको लक्ष्मणले बताउनुभयो । 

साइरन जडानका लागि करिब रु दुई लाख खर्च भएको छ । पहिरोलगायत अन्य प्राकृतिक प्रकोपका बेला गाउँलेलाई सुरक्षित ठाउँमा सार्न साइरन बजाउन मिल्ने भएकाले गण्यमान्य चारजनालाई रिमोट कन्ट्रोल दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल