गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी "/>

१ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सफल व्यवसायी बन्दै मोरङका विपन्न महिला

२० श्रावण २०७३, बिहीबार ०६:४९

गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । करिब एक बिगाहा क्षेत्रफलमा रहेको पोखरीमा उहाँले माछापालन गर्नुभएको छ । माछा उहाँ बजारमा लगेर बिक्री गर्ने गर्नुहुन्छ । आजभोलि घरमा पनि ग्राहक आउन थालेका छन् । उहाँको घरनजिकै पोखरी धेरै अगाडि खनेको भएपनि पोखरी त्यत्तिकै रहेको थियो । पोखरीमा माछा हाल्ने उहाँसँग पैसा पनि थिएन । पैसा नभएपछि उहाँले व्यवसाय गर्ने सोच पनि बनाउनु भएन । तर उहाँको दिमागमा जहिल्यै पैसा कसरी कमाउने भन्ने भइरहन्थ्यो । 

गत वर्षको असारमा उहाँले सस्तो ब्याजदरमा गरिबी निवारण कोषबाट २५ हजार रुपैयाँ ऋण प्राप्त गर्नुभयो । मासिक एक रुपैयाँको ब्याजमा उहाँले ऋण पाउनुभयो । त्यही ऋणबाट उहाँले पोखरीमा माछाको भुरा हाल्ने निर्णय गर्नुभयो । २५ हजार रुपैयाँको भुराबाट उहाँलाई एक लाखभन्दा बढीको आम्दानी भयो । गरिबी निवारण कोषले विपन्न, दलित, पछाडि परेका महिला तथा समुदायका लागि एकीकृत गरिबी निवारण कार्यक्रम सुरु गरेको छ । 

यसै कार्यक्रमअन्तर्गत थलाहाकी रामा राजवंशीले व्यवसाय गर्नका लागि ऋण पाउनुभएको हो । उहाँले लिएको ऋण तिर्न एक वर्ष पनि लागेन । केही बचत र केही ऋण लिएर उहाँले पोखरीमा फेरि माछाको भुरा छाड्नुभयो । उहाँकामा माछा बिक्रीगर्ने बेला भयो भन्ने थाहा पाउने बित्तिकै ग्राहक घरसम्मै आउने गरेका छन् । उहाँले भन्नुभयो, “भुरा भर्खर छाडेकी छु, माछा कहिलेदेखि बेच्ने भन्दै दैनिक सोध्न आउने गरेका छन् ।” 

स्थानीय स्तरका माछा उहाँले पालन गर्ने गरेकाले पनि ग्राहकले बढी रुचाउने गरेका छन् । आम्दानी बढ्दै गएपछि थप पोखरी निर्माण गर्ने र व्यवसाय बढाउँदै लैजाने सोच उहाँले राखेको बताउनुभयो । 

उहाँ त एउटा उदाहरण मात्र हो । उहाँजस्ता धेरैलाई गरिबी निवारण कोषले उकास्ने महत्वपूर्ण भूमिका खेलेको छ । उहाँँजस्तै थलाहाकै राधा मालाले अहिले तरकारी खेती गर्नुभएको छ । एक वर्षअघि सम्म राधाको अवस्था पनि रामाको जस्तै थियो । गरिबी निवारण कोषबाट पाएको ऋणले उहाँले पनि खेती सुुरु गर्नुभएको हो । अग्र्यानिक तरकारी खेती सुरु गर्नुभएकी मालाले करेला, लौका, फर्सी, भिन्डी लगाउनुभएको छ । २५ हजार रुपैयाँबाट सुरु गरेको उहाँको तरकारी खेती पनि एक लाखभन्दा बढीको बिक्री भइसकेको छ । 

त्यस्तै, भौंडाहा–५ की राधा रायले अहिले दैनिक ३०० आम्दानी गर्ने गर्नुभएको छ । कामविहीन भएर बसेकी उहाँले अहिले खुद्रा व्यापार सुरु गर्नुभयो । विद्यालय खुलेका बेला विद्यालय र नभए साप्ताहिक हाटबजार र चौकमा उहाँले पकौडा, आलु चप, भुजा, ब्रेड चप बिक्री गर्ने गर्नुहुन्छ । दैनिक ३०० आम्दानी गर्न थालेपछि उहाँको आर्थिक अवस्था पनि सुदृढ हुँदै गएको छ । उहाँ भन्नुहुन्छ, “पहिले घरमा त्यत्तिकै बसिन्थ्यो, तर काम गर्दा हुँदो रहेछ भन्ने भएको छ ।” 

गरिबी निवारण कोषको सहयोगमा सामुदायिक विकास प्रयास नेपालले मोरङका ६ वटा गाविसमा अहिले एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । सिंहदेवी, वारङ्गी, थलाहा, भौंडाहा, कद्माहा र दादरवैरियामा कार्यक्रम सञ्चालन भइरहेको कार्यकारी निर्देशक बालकृष्ण पाण्डेले बताउनुभयो । उहाँका अनुसार विपन्न, दलित, पछाडि पारिएका महिला समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम सञ्चालित छ । गाविसको सिफारिसमा लक्षित स्थानमा गएर बस्ती छनौट गरी सामुदायिक संस्था निर्माण गरेपछि आयआर्जनका लागि गरिबी निवारण कोषले रकम पठाउने गरेको उहाँले बताउनुभयो । 

एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालनका कार्यकारी निर्देशक पाण्डेका अनुसार एउटा सामुदायिक संस्थाको सदस्य सङ्ख्याका आधारमा आधा सदस्यलाई आय आर्जन योजनाका लागि कोषले प्रतिपरिवार सदस्यलाई रु पाँच हजारका दरले रकम पठाउने र सोही रकमलाई संस्थाका सदस्यले घुम्ती कोष बनाएर चलाउने गरेको उहाँको भनाइ छ । 

यसरी एउटा संस्थालाई करिब रु साढे तीन लाखसम्म कोषले दुई किस्तामा रकम पठाउने गरेको छ । कोषबाट प्राप्त रकम अनुदानस्वरुप सामुदायिक संस्थाले पाउने गरेका छन् । प्राप्त रकमलाई घुम्ती कोषमार्फत सामुदायिक संस्थाले रकम बढाउँदै लैजाने र हरेक कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्नुपर्ने प्रावधान रहेको उहाँको भनाइ छ । 

कार्यकारी निर्देशक पाण्डेका अनुसार गत वर्षदेखि सुरु कार्यक्रममा प्रयास नेपालले ६ वटा गाविसमा चालु आर्थिक वर्षमा ३१ वटा संस्था बनाएको छ । गत वर्ष आठवटा संस्था बनाइएको थियो । आठवटामा कोषले गरेको लगानी अनुसारको प्रतिफल प्राप्त हुन थालेको उहाँले बताउनुभयो । गठन गरिएका सामुदायिक संस्थामा ९० प्रतिशत महिलाको सहभागिता रहेको पाण्डेको भनाइ छ । 

गरिबी निवारण कोषले मोरङका २६ वटा गाविसमा गत वर्षदेखि काम सुरु गरेको इकाई कार्यालय मोरङकी कार्य प्रबन्धक किरणकुमारी चौधरीले बताउनुभयो । चारवटा साझेदार संस्थाले कोषसँग मिलेर काम गरिरहेको उहाँको भनाइ छ । चालु आवमा मोरङमा १२८ वटा सामुदायिक संस्था कोषमा दर्ता भएको र केहीले अनुदान रकम पाएको र केही पाउने प्रक्रियामा रहेको उनले जानकारी दिइन् । 

उनका अनुसार गरिबी निवारण कोषले आयआर्जनका साथै साना भौतिक निर्माणमा पनि काम गर्ने गरेको छ । चालु आवमा साझेदार संस्थाले सातवटा साना भौतिक निर्माणको योजना गरिबी निवारण कोषमा पेस गरेको कार्यप्रबन्धक चौधरी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु