गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी "/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सफल व्यवसायी बन्दै मोरङका विपन्न महिला

गोपाल प्रसाद पोखरेल/साउन २०, मोरङ । मोरङ थलाहा–९ की रामा राजवंशीको परिचय फेरिएको छ । एक वर्षअघि सम्म सामान्य गृहिणीका रुपमा रहेकी उहाँ अहिले सफल व्यवसायी बन्नुभएको छ । 

उहाँले घरनजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । करिब एक बिगाहा क्षेत्रफलमा रहेको पोखरीमा उहाँले माछापालन गर्नुभएको छ । माछा उहाँ बजारमा लगेर बिक्री गर्ने गर्नुहुन्छ । आजभोलि घरमा पनि ग्राहक आउन थालेका छन् । उहाँको घरनजिकै पोखरी धेरै अगाडि खनेको भएपनि पोखरी त्यत्तिकै रहेको थियो । पोखरीमा माछा हाल्ने उहाँसँग पैसा पनि थिएन । पैसा नभएपछि उहाँले व्यवसाय गर्ने सोच पनि बनाउनु भएन । तर उहाँको दिमागमा जहिल्यै पैसा कसरी कमाउने भन्ने भइरहन्थ्यो । 

गत वर्षको असारमा उहाँले सस्तो ब्याजदरमा गरिबी निवारण कोषबाट २५ हजार रुपैयाँ ऋण प्राप्त गर्नुभयो । मासिक एक रुपैयाँको ब्याजमा उहाँले ऋण पाउनुभयो । त्यही ऋणबाट उहाँले पोखरीमा माछाको भुरा हाल्ने निर्णय गर्नुभयो । २५ हजार रुपैयाँको भुराबाट उहाँलाई एक लाखभन्दा बढीको आम्दानी भयो । गरिबी निवारण कोषले विपन्न, दलित, पछाडि परेका महिला तथा समुदायका लागि एकीकृत गरिबी निवारण कार्यक्रम सुरु गरेको छ । 

यसै कार्यक्रमअन्तर्गत थलाहाकी रामा राजवंशीले व्यवसाय गर्नका लागि ऋण पाउनुभएको हो । उहाँले लिएको ऋण तिर्न एक वर्ष पनि लागेन । केही बचत र केही ऋण लिएर उहाँले पोखरीमा फेरि माछाको भुरा छाड्नुभयो । उहाँकामा माछा बिक्रीगर्ने बेला भयो भन्ने थाहा पाउने बित्तिकै ग्राहक घरसम्मै आउने गरेका छन् । उहाँले भन्नुभयो, “भुरा भर्खर छाडेकी छु, माछा कहिलेदेखि बेच्ने भन्दै दैनिक सोध्न आउने गरेका छन् ।” 

स्थानीय स्तरका माछा उहाँले पालन गर्ने गरेकाले पनि ग्राहकले बढी रुचाउने गरेका छन् । आम्दानी बढ्दै गएपछि थप पोखरी निर्माण गर्ने र व्यवसाय बढाउँदै लैजाने सोच उहाँले राखेको बताउनुभयो । 

उहाँ त एउटा उदाहरण मात्र हो । उहाँजस्ता धेरैलाई गरिबी निवारण कोषले उकास्ने महत्वपूर्ण भूमिका खेलेको छ । उहाँँजस्तै थलाहाकै राधा मालाले अहिले तरकारी खेती गर्नुभएको छ । एक वर्षअघि सम्म राधाको अवस्था पनि रामाको जस्तै थियो । गरिबी निवारण कोषबाट पाएको ऋणले उहाँले पनि खेती सुुरु गर्नुभएको हो । अग्र्यानिक तरकारी खेती सुरु गर्नुभएकी मालाले करेला, लौका, फर्सी, भिन्डी लगाउनुभएको छ । २५ हजार रुपैयाँबाट सुरु गरेको उहाँको तरकारी खेती पनि एक लाखभन्दा बढीको बिक्री भइसकेको छ । 

त्यस्तै, भौंडाहा–५ की राधा रायले अहिले दैनिक ३०० आम्दानी गर्ने गर्नुभएको छ । कामविहीन भएर बसेकी उहाँले अहिले खुद्रा व्यापार सुरु गर्नुभयो । विद्यालय खुलेका बेला विद्यालय र नभए साप्ताहिक हाटबजार र चौकमा उहाँले पकौडा, आलु चप, भुजा, ब्रेड चप बिक्री गर्ने गर्नुहुन्छ । दैनिक ३०० आम्दानी गर्न थालेपछि उहाँको आर्थिक अवस्था पनि सुदृढ हुँदै गएको छ । उहाँ भन्नुहुन्छ, “पहिले घरमा त्यत्तिकै बसिन्थ्यो, तर काम गर्दा हुँदो रहेछ भन्ने भएको छ ।” 

गरिबी निवारण कोषको सहयोगमा सामुदायिक विकास प्रयास नेपालले मोरङका ६ वटा गाविसमा अहिले एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । सिंहदेवी, वारङ्गी, थलाहा, भौंडाहा, कद्माहा र दादरवैरियामा कार्यक्रम सञ्चालन भइरहेको कार्यकारी निर्देशक बालकृष्ण पाण्डेले बताउनुभयो । उहाँका अनुसार विपन्न, दलित, पछाडि पारिएका महिला समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम सञ्चालित छ । गाविसको सिफारिसमा लक्षित स्थानमा गएर बस्ती छनौट गरी सामुदायिक संस्था निर्माण गरेपछि आयआर्जनका लागि गरिबी निवारण कोषले रकम पठाउने गरेको उहाँले बताउनुभयो । 

एकीकृत गरिबी निवारण कार्यक्रम सञ्चालनका कार्यकारी निर्देशक पाण्डेका अनुसार एउटा सामुदायिक संस्थाको सदस्य सङ्ख्याका आधारमा आधा सदस्यलाई आय आर्जन योजनाका लागि कोषले प्रतिपरिवार सदस्यलाई रु पाँच हजारका दरले रकम पठाउने र सोही रकमलाई संस्थाका सदस्यले घुम्ती कोष बनाएर चलाउने गरेको उहाँको भनाइ छ । 

यसरी एउटा संस्थालाई करिब रु साढे तीन लाखसम्म कोषले दुई किस्तामा रकम पठाउने गरेको छ । कोषबाट प्राप्त रकम अनुदानस्वरुप सामुदायिक संस्थाले पाउने गरेका छन् । प्राप्त रकमलाई घुम्ती कोषमार्फत सामुदायिक संस्थाले रकम बढाउँदै लैजाने र हरेक कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्नुपर्ने प्रावधान रहेको उहाँको भनाइ छ । 

कार्यकारी निर्देशक पाण्डेका अनुसार गत वर्षदेखि सुरु कार्यक्रममा प्रयास नेपालले ६ वटा गाविसमा चालु आर्थिक वर्षमा ३१ वटा संस्था बनाएको छ । गत वर्ष आठवटा संस्था बनाइएको थियो । आठवटामा कोषले गरेको लगानी अनुसारको प्रतिफल प्राप्त हुन थालेको उहाँले बताउनुभयो । गठन गरिएका सामुदायिक संस्थामा ९० प्रतिशत महिलाको सहभागिता रहेको पाण्डेको भनाइ छ । 

गरिबी निवारण कोषले मोरङका २६ वटा गाविसमा गत वर्षदेखि काम सुरु गरेको इकाई कार्यालय मोरङकी कार्य प्रबन्धक किरणकुमारी चौधरीले बताउनुभयो । चारवटा साझेदार संस्थाले कोषसँग मिलेर काम गरिरहेको उहाँको भनाइ छ । चालु आवमा मोरङमा १२८ वटा सामुदायिक संस्था कोषमा दर्ता भएको र केहीले अनुदान रकम पाएको र केही पाउने प्रक्रियामा रहेको उनले जानकारी दिइन् । 

उनका अनुसार गरिबी निवारण कोषले आयआर्जनका साथै साना भौतिक निर्माणमा पनि काम गर्ने गरेको छ । चालु आवमा साझेदार संस्थाले सातवटा साना भौतिक निर्माणको योजना गरिबी निवारण कोषमा पेस गरेको कार्यप्रबन्धक चौधरी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई