युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुह"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुह"/>
२०८३, १९ जेष्ठ मंगलवार
काठमाडौँ - KTM

कतै हजुर वुवाले भनेजस्तो भएको त हैन ?

२०७३, २० श्रावण बिहीबार १३:१५

युवराज पन्त । मेरो हजुर वुवाले भन्नु हुन्थियो । विचरा राहुल केही बढी सोच्न पनि सक्दैन र एक जना पाहुना पाल्न पनि सक्दैन थप्नुहुन्थ्यो अर्काले दिएको बुद्धि र खर्चले कहिल्यै प्रगति हुन सक्दैन । त्यो बेलामा म अलिक सानो थिएँ । 

त्यसैले हजुर बुवाको त्यो गहन कुराको अर्थ  मेरो सानो मस्तिष्कले बुझ्न सक्दैनथ्यो र फेरी सोधेर बुझ्ने प्रयास पनि गर्दिन थेँ । तर अजभोलि हाम्रो देशको अवस्था र धेरै नेता तथा कर्मचारीका क्रियाकलापहरु र व्यवहारहरु देख्दा हजुर बुवाको “ अर्काले दिएको बुद्धि र खर्चले कहिल्यै प्रगति हुन सक्दैन ” भन्ने वाक्यले सार्थकता पाएको महसुस हुनछ । 

कतै हाम्रो देशमा विकासको गति मन्द हुनु त्यसैले त हैन ?? धेरैको भाषण हल्लाको भरमा हुन्छ । त्यस्तै विकास अगाडि बढ्छ, अर्काको भरमा । पीडितको सहयोगी र आडभरोशा बनछन्, अर्काले दिएको खर्चमा । यर्थाथको धरातलमा नटेकिएको भाषण, आफ्नो स्थायी आयविनाको विकास र मागेर गरेको सहयोगले कुन क्षेत्रमा कति प्रगति गर्न सक्छ ? कहिले होला धेरै कुरामा आत्म निर्भर हुने ?? 

जबसम्म देशमा भएका स्रोतसाधनहरूलाई परिचालन गरी बढीभन्दा बढी प्रयोगमा ल्याइँदैन, तबसम्म आशा गरेअनुसार विकासको गति अगाडि बढ्न सक्दैन । त्यसको लागि ज्ञान, सीप, योग्याता, दक्षता, इमान्दारिता, नैतिकता, उत्तरदायित्व, सहभागिता, सकारात्मकता आदिको आवश्यकता पर्छ । 

जुन असल शिक्षाबाट मात्र सम्भव छ । विकासको गतिलाई दौडाउन राज्यले राम्रो शिक्षाको व्यवस्था गर्नु पर्छ । तर यहाँ नीति निर्माताहरूले नै शिक्षा क्षेत्रका लागि विभेदकारी नीति बनाउँछन् भने देशको विकास हुन सक्ला ?? 

शिक्षा देश विकास तथा संस्कृतिको सकारात्मक परिवर्तन गर्ने मेरुदण्ड हो । यो क्षेत्र इज्जतदार, व्यवस्थित तथा प्रभावकारी हुनु पर्छ । तर यहाँ यसै क्षेत्रलाई अत्यन्तै हेलाको दृष्टिले हेरिन्छ । यहाँ सबैभन्दा अमार्यादित र अस्तव्यस्तता यसै क्षेत्रमा भेटिन्छ । सायद विदेशीको बुद्धि र खर्चमा चलेर होला मनपरी हुने गरेको । नीति निर्माताले पनि विभेद गरेको । अहिले यो क्षेत्रमा अत्यन्त धेरै विकृति तथा विसंगति मौलाएका छन् । केही यस्ता छन् :

-माथिल्लो तहको शिक्षकको मनोबल गिराउँदै तल्लो तहको प्र. अ. बनाउनु,

-प्रथम श्रेणीका शिक्षकहरूलाई निर्देशन तथा नियन्त्रण गर्न द्वितीय श्रेणीको हाकिम हुने कार्यालयको व्यवस्था गर्नु ,

-सबै श्रेणी तथा तहका शिक्षकहरूलाई भेडाबाख्रा सरह एकै ठाउँमा राखी तालिम दिनु,

-जुनसुकै तहमा बढुवा भएपनि तलब बाहेक कर्मचारी सरह अन्य सेवासुविधामा नदिनु,

-लिखित परीक्षामा सफल भएका र बढुवा भएका शिक्षकहरूलाई नियुक्ति पत्र दिँदा जि.शि.का. ले पैसा उठाउनु,

-माथिल्लो तहको शिक्षकलाई समेत तल्लो तहका स्रोत व्यक्ति लगायतले अनुगमन तथा मूल्यांकन गर्नु,

-तोकिएको तहअनुसार पढाएर आफ्नो उत्तरदायित्व बहन गर्न नपाउनु ,

-तालिममा भत्ता अन्य कर्मचारी सरह नदिइ निकृष्ट व्यवहार गर्नु,

-हरेक कुरामा शिक्षकहरूलाई अमार्यादित व्यवहार गर्नु,

-नियुक्तिमा तोकेभन्दा बाहेक अन्य विषय पढाउन बाध्य पारिनु,

-कक्षा, तह तथा विषयगत शिक्षकको व्यवस्था नगरिनु,

-स्रोत व्यक्ति स्वच्छ प्रतिस्पर्धामा नभै आस्थाको आधारमा नियुक्ति गर्नु , 

-शिक्षकको भरपर्दो व्यवस्थापन नगरी जथाभावि विद्यालय खोल्न दिनु,

व्यक्ति, समाज तथा देश हाक्नेहरूको मनमस्तिष्कलाई प्रभावकारी कार्य गर्न प्रोत्साहित गर्न अतिमहत्वपूर्ण मानिने शिक्षा क्षेत्रमा यति धेरै बेथिति तथा विसंगति हुनुमा कतै हजुर बाले भनेजस्तै भएको त हैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै