१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्धवार्षिक कृषि उपजका निकासी: बढ्यो अलैँची र चिया, अदुवा स्थिर

२२ माघ २०७७, बिहीबार ०७:३९

किरण पौड्याल । माघ २२, इलाम ।  चालू आव २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत  आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालुआवको यस अबधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेखीय सुधार देखिएको हो । 

गत वर्षको तुलनामा चालू वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा रु दुई अर्ब ५१ करोड ८२ लाख १० हजार बराबरको निकासी भएको थियोे  भने यस वर्ष रु तीन अर्ब ८१ करोड ७६ लाख ४१ हजार बराबरको निकासी भएको तथ्याङ्कले जनाएको छ । गत आवको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैँची निकासी भएकामा यस आवमा ४७ लाख ७५ हजार ९८३ केजी निर्यात भएको छ ।

गत वर्ष रु २५ हजार हाराहारीमा प्रतिमन (एक मनमा ४० केजी) हुँदा यस वर्ष रु ३१ हजार हाराहारी मूल्यसम्ममा किसानले अलैँची बेचेका थिए । व्यवसायीका अनुसार यस वर्ष कोरोनाका कारण किसानले चाँडै अलैँची बेचेकाले पनि मूल्य बढेको हो । कोरोनाले कारण किसानले बन्दाबन्दीमा आर्थिक सङ्कट व्योहोरेकाले गतपुससम्ममा नै व्यापारीकहाँ अलैँची पुर्याएका हुन् ।

व्यवसायी मातृका घिमिरेका अनुसार अलैँचीको वास्तविक भाउ किसानले बुझेकाले पनि निकासी चाँडै गरेका हुन् । कुनै बेला प्रतिमन रु एक लाख पुगेको अलैँचीको मूल्य अझै पनि किसानमा त्यो धङ्धङी रहिआएको छ ।  केही किसानले अब त्यो किसिमको भाउ नआउने बुझेकाले पनि कम समय भण्डारण गरेर अलैँची बजार पुर्याएको उनको भनाइ छ । यस वर्ष साउन–पुसको समयमा अलैँचीको निकासीमा सुधार भएर नेपालबाट निर्यात हुने तेस्रो प्रमुख वस्तुमा परेको छ ।

समग्र निकासी बजारको छ दशमलव २८ प्रतिशत हिस्सा अलैँचीले ओगटेको तथ्याङ्कले देखाउँछ । यसपटक कृषिजन्य अर्को वस्तु चियालाई उछिन्दै अलैँचीमाथि उक्लिएको हो । यस अवधिमा चियामा पनि सुधार देखिएको छ । चियाको अन्तिम सिजनको चिया निकासी अवधि भएकाले पनि निर्यातमा अपेक्षाकृत सुधार देखिएको हो ।

यस आवको साउनदेखि पुससम्ममा गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव छ प्रतिशतले आम्दानीमा सुधार भएको छ । कफी तथा चिया विकास बोर्डको तथ्याङ्कअनुसार गत वर्ष अलैँचीबाट रु एक अर्ब ६५ करोड, ६९ लाख, ६८ हजार बराबरको आय भएको छ भने यस आवमा रु दुई अर्ब ७७ करोड ५३ लाख ९७ लाख बराबरको आय नेपालमा भित्रिएको देखिन्छ ।

गत वर्षको साउनदेखि पुसमा ६७ लाख २२ हजार १९० किलो चिया निकासी भएको उल्लेख छ भने यस वर्ष बढेर ८७ लाख ८५ हजार ७२३ किलो निकासी भएको तथ्याङ्कमा देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष ६७ दशमलव ५० प्रतिशत निकासी मूल्य बढेको देखिन्छ । गत वर्षभन्दा यस वर्ष नेपाली चियाले अब्बल मूल्य पाएको देखिन्छ । पछिल्लो समय तेस्रो मुलुकमा चिया निकासी बढेकाले पनि चियाको मूल्य बढेको सरोकारवालाको भनाइ छ । चियाको ठूलो बजार भारत भए पनि कतिपय व्यवसायीले तेस्रो मुलुक चिया पुर्याउने गरेका छन् ।

भारतको तुलनामा तेस्रो मुलुकमा चियाको मूल्य बढिरहेकाले नेपाल भित्रिने आयमा वृद्धि भएको हुनसक्ने केन्द्रीय चिया सहकारी सङ्घकाा महासचिव रविन राई बताउँछन् । चियाले समग्र निकासी हुने वस्तुमध्ये सातौं बढी निकासी हुने वस्तुमा परेको छ । यसले निकासीको चार दशमलव ५६ प्रतिशत हिस्सा ओगटेको केन्द्रको तथ्याङ्कले देखाउँछ । यस्तै नेपालबाट उल्लेखनीय निकासी हुने कृषिजन्य वस्तुमा पर्छ, अदुवा । यसपटक अदुवामा सुक्ष्मरूपमा मात्र सुधार देखिएको छ । गत आवको यो अवधिमा रु २८ करोड ५६ लाख चार हजारको आम्दानी भित्रिएको अदुवाले यस आवको अहिलेसम्ममा रु २९ करोड ५१ लाख ५७ लाख बराबरको आम्दानी भित्रिएको देखिन्छ ।

गत वर्षको साउन देखि पुसमा ४९ लाख ९६ हजार ३५२ केजी अदुवा निकासी भएकोमा यस आर्थिक वर्षको अहिलेसम्ममा ६९ लाख ८५ लाख ८०६ केजी निकासी भएको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा यस आवको अहिलेसम्ममा तीन दशमलव ३४ प्रतिशत आय वृद्धि भएको छ भने जम्मा निकासीको शून्य दशमलव ५१ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ ।

अदुवा बढी निकासी हुने वस्तुमध्ये २०औँ स्थानमा परेको छ । यस वर्ष सबैभन्दा बढी नेपालबाट निकासी हुनेमा सोयाविन तेल परेको छ । गत वर्षको तुलनामा २९० प्रतिशत वृद्धि हुँदै समग्र निकासी हुनेमध्ये २८ दशमलव दुई प्रतिशत बजार ओगट्न सफल भएको छ । यस वर्ष अदुवाको उत्पादन कम भएकाले पनि खासै अन्तर नदेखिएको हो । गत वर्ष भाउ नआएकाले यस वर्ष खासै धेरै अदुवा खेती गरेका थिएनन् । अदुवाको भाउ गत वर्षको तुलनामा केही बढ्यो । अस्थिर बजार मूल्य भएकाले पनि किसानले उल्लेखीय मूल्य नपाएको अदुवा व्यावसायी मात्रिका घिमिरेको भनाइ छ । 

गतको वर्षको तुलनामा पनि यस वर्ष समग्र निकासी बढेको देखिन्छ । यसले राष्ट्रको शोधानान्तर घाटा घटेको छ । गत आवको यस अवधिमा आयातको तुलनामा सात दशमलव छ प्रतिशतको निकासी भएकामा यस वर्ष पाँच दशमलव नौ प्रतिशतको निकासी भएको देखिन्छ । यस आव साउनदेखि पुससम्ममा रु ६० दशमलव ८० विलियनको निकासी भइकामा रु ६६१ विलियन बराबरको पैठारी भएको छ । हालसम्मको जम्मा व्यापार रु ७२२ विलियन बराबरको आयात–निर्यात भएको छ । केन्द्रको तथ्याङ्कअनुसार रु ६४५ विलियन बराबरको घाटा भएको देखिन्छ । आयात र निर्यात बीचको अन्तर हेर्दा आयातभन्दा निर्यात १० दशमलव नौ बराबर बढी हो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त