२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले क्रियाशील सदस्यता आगामी असार ७ गतेभित्र टुङ्गो लगाइने

२०७७, ६ फाल्गुन बिहीबार ०९:१०

फागुन ६, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । 

कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएपछि नयाँ कार्यतालिकाबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय असार ७ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने अवधि प्रस्ताव प्रस्तुत गर्नुभएको हो । 

त्यसअघि विधानले तोकेको कार्यविधि बमोजिम क्रियाशील सदस्यताको नयाँ र नवीकरणका लागि यही फागुन २८ गते, क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि चैत १० गते र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय छानबिन समितिमा परेका उजूरी उपर छानबिन गरी केन्द्रमा पठाउनुपर्ने अवधि चैत मसान्तसम्म प्रस्ताव गरिएको छ । 

सो समितिले गरेको निर्णय उपर परेको पुनरावेदन तथा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा परेका उजूरीसहित निर्णय गरी सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि जेठ मसान्त प्रस्ताव गरिएको छ । 

यसैगरी समायोजन हुन बाँकी जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि यही फागुन १५ गते प्रस्ताव गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय कार्यसमितिको आज दिउँसो ३ बजे बस्ने बैठकमा सो बारेमा थप छलफल गरी टुङ्गो लगाइने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा