२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाक–सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा

१४ फाल्गुन २०७७, शुक्रबार ०७:२६

फागुन १४, गोरखा । बारापाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । दशवर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

“जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको छ”, उहाँले भन्नुभयोे, “जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनको जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकाले वास्तविकतालाई मनन गर्न गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।”  

गाउँसभाको आठौँ बैठकले प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । 

यसैबीच रम्तेलको २५ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले गोरखामा स्मृतिसभाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य