2026-09-25 05:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिमुखीकरण तालिम प्रदायक संस्थामा छड्के: श्रमिकको नाम अनलाइनमा मात्रै इन्ट्री, कक्षा खाली

मनोज पराजुली । चैत्र २, काठामाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि अभिमुखीकरण तालीम प्रदायक संस्थाको अनुगमनलाई तीब्र पारेको छ । पछिल्लो समय म्यानपावर कम्पनीको अनुगमनलाई तीब्र पारेको विभागले तालीम प्रदायक संस्थाको अनुगमनलाई पनि तीब्र पारेको हो ।

२०७३ साल देखि तालीम प्रदायक संस्थाको अनुगमन हुन सकेको थिएन । अनुगमन नहुँदा केहि तालीम प्रदायक संस्थाले वैदेशिक रोजगार वोर्डले तोकेको मापदण्ड भन्दा बाहिर गएर कक्षा संचालन गर्ने, कक्षा नै संचालन नगरी तालीम लिनेको नाम मात्रै अनलाइनमा इन्ट्री गर्ने जस्ता कार्य गर्दै आएका थिए । अनुगमनको क्रममा कतिपय संस्थाले कार्यालय नै झोलामा राखेर अर्को संस्थाबाट काम गर्दै आएको पनि खुलेको छ ।

विभागको अनुगमन टोली सोमबार म्यानपावर बजारमा रहेका तालीम प्रदायक संस्थाका पुग्दा अनुगमनमा खटिएका कर्मचारी नै आश्चर्यमा परेका थिए । तालीम दिनका लागि विभागको अनलाइन प्रणालीमा नाम उल्लेख गरेका आधारमा तालीम दिने संस्थामा पुग्दा कुनै कार्यालय बन्द थिए, त कुनै संस्थामा एकजना पनि विदेश जाने श्रमिक अध्ययनमा कक्षामा थिईनन् ।

हालै मात्र वैदेशिक रोजगार वोर्डले पूर्व प्रस्थान अभिमुखिकरणको नयाँ पाठ्यक्रम तयार गरी लागू गरेको छ । यसै तालीम सञ्चालनका लागि प्रशिक्षकहरुलाई एक हप्ते पुनर्ताजगी तालीम समेत दिएको थियो । वोर्डले तालीम दिएसंगै विभागको अनुगमन टोली तालीम प्रदायक संस्थाहरुको स्थलगत रुपमा अनुगमनका लागि फिल्डमा खटिएको हो ।  

तालीम प्रदायक संस्थाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई २ दिन अर्थात् १२ घन्टाको तालीम दिनुपर्ने नियम छ तर तालीम नै नदिई श्रमिकबाट सात सय असुल्ने र विभागको अनलाइन प्रणालीमा नाम मात्रै उल्लेख गर्ने गरेको पाइएको छ । 

विभागको अनुगमन टोली म्यानपावर बजारमा रहेको एम एस ट्रेनिङ सेन्टरमा तालीम संचालन भएको थिएन जबकी सोहि सेन्टरले तालीमको लागि १३ जनाको नामावली विभागको अनलाइन प्रणालीमा राखेको थियो ।  त्यति मात्र होइन सोहि कार्यालयमा ट्रीपल एस ट्रेनिङ सेन्टरको सबै डकुमेन्ट समेत भेटिएको अनुगमनमा खटिएका विभागका अधिकृत मात्रिका सापकोटाले साझा सबालाई जानकारी दिए । एम एस ट्रेनिङले १३ जनाको अनलाइन गरेको तर कक्षा संचालन नगरेको सापकोटाले बताए । उक्त कार्यालयबाट विभाग टोलीले अनुसन्धानका लागि ट्रीपल एस  ट्रेनिङ सेन्टरका कागजात बरामद गरेको उनले बताए । 

विभाग टोली अनुगमनमा पुग्दा टास्क ट्रेनिङ सेन्टर कार्यालय खुलै थियो तर ६ जनाको अनलाइन गरेको कार्यालयमा तालीमका लागि एक जना मात्रै भेटिएका थिए तर उनले समेत तालीम लिन पाएनन् । साइनिंङ्ग मून  ट्रेनिङ सेन्टरले १६ जनाको नाम अनलाइन प्रणालीमा राखेपनि कक्षा नै संचालन नगरेको पाइएको अनुगमन अधिकृत सापकोटाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक