सन्तोषकुमार गुप्ता | साउन २३, देउखुरी । थारु समुदायको पहिलो चाड “गुरही” आज दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | साउन २३, देउखुरी । थारु समुदायको पहिलो चाड “गुरही” आज दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले"/>
२०८२, ३ फाल्गुन आईतवार
दाङ्ग - DNG

थारु समुदायको पहिलो चाड “गुरही” तराईका बिभिन्न जिल्लामा धुमधामले मनाईदै

२०७३, २३ श्रावण आईतवार ०७:४८

सन्तोषकुमार गुप्ता | साउन २३, देउखुरी । थारु समुदायको पहिलो चाड “गुरही” आज दाङ सहित देशभर थारु जतिहरुले बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । थारु जतिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले उनीहरुहरुले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने गर्दछन् । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आज गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदैछन् ।


थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने मान्यता रहेको थारु अगुवा सनिराम चौधरीले बताउनु भयो । गुरहीकै दिन देखि वर्षायाम अन्त्य भई हिउँद शुरु भएको समेत मानिन्छ, तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्स्दिलो भएका बेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागदेवताको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँ अनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाउने गरिन्छ । 

किन मनाइन्छ गुरही ?

साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा लगाएर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको दक्षिण चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् । चोराहमा गाउँघरका दाजुभाइ, दिदीवहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ । गाउँका बडघर एकै साँसमा (एकसंस्सु) डुबो घाँसमा गाँठो पार्छन । गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् र “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास रहेको छ ।

रहस्यमय विषय केटाकेटी आकारको लुगाको पुतला बनाएर किन चौकमा लगेर ठटाउने गरिन्छ ? यसको राज के हो ? 

थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको यसले संकेत गर्दछ भनिन्छ । तर आर्को तिर थारु समाजभित्र अन्धविश्वासले गाडेको जडालाई बुझाउँछ । ‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनीहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रुपमा बाँड्ने प्रचलन छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादको रुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिए सम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् । चोकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्नछन्, गुरही ठटाउने सदस्यहरु । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ । ‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेर जाने र सुख लाभ प्राप्त हुने विश्वास छ । गुरहीलाई नागपञ्चमीको रुपमा मनाइने गरे पनि हाम्रा पुर्खाहरुले नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन थिएन । अहिलेका युवा पीढिले देखा सेखीमा नागको फोटो घरको मूल ढोकामा टाँस्ने प्रचलन शुरु गरेका छन् सनिराम चौधरी भन्नु भयो । नाकको फोटो टाँस्नु, पुजा गर्नु आफैमा गलत भने होईन् तर नाकको फोटो टाँस्ने पुजा गर्ने थारु परम्परा भने होइन् उहाँले भन्नु भयो । 


धार्मिक तथा सांस्कृतिक महत्व:

गुरही थारु समुदायको शुरुवातको पर्व हो । यसको आफ्नै धार्मिक महत्व छ । थारु समुदाय अझै हिन्दु हो कि बौद्धिष्ट वहसको विषय छ । यथपी परापूर्व कालदेखि हिन्दू धर्मको आचरण व्यवहार गरेको हामी देख्छौं । गुरही पर्वलाई नागदेवता सँग जोडिनु पनि हिन्दू धर्मकै सम्बन्ध हो । धर्म आफैमा कुनै राम्रो न नराम्रो हुँदैन । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने चौधरीले भन्नु भयो । धर्मलाई राजनीतिक विषय बनाएर धार्मिक विचलन ल्याउनु उचित हुँदैन । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उहाँको भनाई छ ।

यसको सामाजिक महत्व भन्नु नै सामुहिकता हो । गाउँघरमा थारु समुदाय प्राय ः कृषि कार्यमा आवद्ध छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ । गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय हो । अमनचयन र सौहाद्रताको विषय हो । यसलाई एकताको सन्देशको रुपमा मनाउन सक्नुपर्छ उहाँले भन्नु भयो ।  उहिले गुरही पर्वमा खासै जिता मारेर खाने प्रचलन थिएन । तर आज भोलि गाउँ घरमा सुंगुर बंगुर काटेर रमाइलो गरी गुरही मनाउने प्रचलन शुरु भएको छ ।चेलीबेटीलाई माइतमा विशेष सम्मानका साथ खुवाएर पर्व मनाउने प्रचलन समेत छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ