२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लयमा फर्किए विकास आयोजना

२०७७, २८ चैत्र शनिबार ०६:०२

चैत २८, म्याग्दी | म्याग्दीका विकास आयोजनाको निर्माण कार्य करीब एक वर्षपछि लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाए पनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौती देखिएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको जोखिम र रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको लकडाउनले रोकिएका जिल्लाका विकास आयोजना पुरानै लयमा फर्किएका छन् । आवतजावत बन्द र मजदूर घर गएपछि रोकिएका विकास आयोजना गत वर्षाको बाढीपहिराले प्रभावित भएका थिए । निर्माण व्यवसायी करीब एक वर्षपछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएका छन् । 

सडक, भवन, नदी नियन्त्रण, जलविद्युत्, प्रशारणलाइन, खानेपानी, सिँचाइ, मोटर गुड्ने र झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । “जनप्रतिनिधि, प्रशासन र सम्बद्ध निकायको ताकेता र दबाबले निर्माणले तीव्रता पाएको हो”, उहाँले भन्नुभयो, “आयोजना निर्माणका क्रममा उत्पन्न समस्याको पहिचान र समाधानका लागि समन्वय र सहजीकरण गरेका छौँ ।” दुई सय २० केभी क्षमताको दाना–कुश्मा सबस्टेशन र प्रशारणलाइन निर्माण सकिएको छ । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । 

म्याग्दीका मुख्य र सहायक सडकका विभिन्न १३ ठाउँमा पक्की पुल निर्माण भइरहेको छ । रघुगङ्गा गाउँपालिकाका तीन वडामा पर्ने दग्नाम, दर्मिजा, चिमखोला, कुइनेमङ्गलेका बस्ती सडक सञ्जालमा जोडिएका छन् । बाबियाचौर, कालीपुल र रत्नेचौरमा सडक कालोपत्रे भएको छ ।

बेनी–जोमसोम, बेनी–दरवाङ, पोखरेबगर–चित्रे, गलेश्वर–पिप्ले–भगवती–बेग र दरवाङ–धारापानी सडक आयोजना निर्माण भएको छ । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने दानाका कबिन तुलाचनले निर्माण व्यवसायीले थप मजदूर, उपकरण परिचालनका साथै निर्माण सामग्री जुटाउन जुटाउनुपर्ने बताउनुभयो । “बर्खा शुरु नहुँदै काम सक्ने हिसाबले निर्माणलाई तीव्रता दिनुपर्छ,” उहाँले भन्नुभयो “बर्खा शुरु भयो भने अधुरा आयोजनामा बाढी पहिरोले क्षति पु¥याउने खतरा हुन्छ । भएको लगानी र गरेको मेहनत खेर जान्छ ।” 

घारखोला, मिस्त्रीखोला, राहुघाट जलविद्युत् आयोजनाले लकडाउन र पहिरोको असहज अवस्थामा पनि काम रोकेका थिएनन् । डाडाखेत–राहुघाट प्रशारण लाइन तथा सबस्टेशन र मालढुङ्गा–बेनी सडक आयोजनाको ठेक्का सम्झौताको प्रक्रियामा छन् । मिलनचोक–रातोढुङ्गा सबस्टेशन र प्रशारण लाइन निर्माण पुनः रोकिएको छ । बेनी, दरवाङ र भुरुङ्ग तातोपानी बजार संरक्षण आयोजना शुरु भएको छ । 

सङ्घीय, प्रदेश, स्थानीय तह, जिससका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाले रोकिएका विकास आयोजनालाई पुनः सञ्चालन गराउन अनुगमन, सहजीकरण तथा समन्वय गरेका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन, विकास तथा अर्थ समितिका सभापति दिपक कोइरालालगायतको फरकफरक टोलीले पछिल्लो १० दिनयता म्याग्दीका विकास आयोजनाको अनुगमन गर्नुभएको छ । 

खोपको विकाससँगै कोरोनाको जोखिम घटेपनि ढुङ्गा, गिट्टी र बालुवाको अभाव भएको र पर्याप्त बजेट विनियोजन नहुँदा समयमै भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सोमनाथ थकालीले गुनासो गर्नुभयो । “काम गर्ने ठाउँमा पर्खाल निर्माण गर्ने ढुङ्गा पाइँदैन्,” उहाँले भन्नुभयो, “खोलामा थुप्रिएको ढुङ्गा निकाल्न कडाइ गरिँदा मजदूर काम नपाएर बस्ने अवस्था छ ।” निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायतले ठेक्का लिएको बेनी अस्पतालको ५० शै्या क्षमताको भवन निर्माण भने अलपत्र परेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ