साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघ"/>

2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रासायनिक मल मात्रै बेच्छन् सहकारी पसल

साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघि २२ वटा सहकारीलाई प्रति सहकारी रु एक लाखका दरले अनुदान उपलब्ध गराएको थियो । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले अधिकांश सहकारी पसलको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो । 

“अनुगमन गर्दा सुपथ मूल्यका पसलमा रासायनिक मल मात्र बेच्ने गरेका पायौँ,” उहाँले भन्नुभयो– “केही पसल निष्क्रिय अवस्थामा छन् ।” सञ्चालनमा रहेका पसलले वार्षिक रु ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । 

सहकारीमा आबद्ध सदस्यहरुलाई सुपथ मूल्यमा सामान उपलव्ध गराउन खोलिएका ती सहकारीले बेच्ने रासायनिक मल बजार मूल्यभन्दा महँगो पाइएको छ । सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न आव २०६५÷६६ मा भीमदत्तनगरपालिका क्षेत्रमा तीनवटा, अन्य नगरपालिका र गाविसमा १९ वटालाई अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ । 


ताल भाडामा लिएर माछापालन 

देखतभूली गाविसमा गडबिजुला ताल भाडामा लिएर दुईजना युवा व्यवसायीले माछापालन व्यवसाय थाल्नुभएको छ । 

कृष्णपुर नगरपालिका– २ का सुरेन्द्रबहादुर बम र ध्रुव भट्टराईले संयुक्त रुपमा ताल भाडामा लिई माछापालन गरेका हुन् । जिविसबाट पाँच वर्षका लागि रु २७ लाख भाडा तिर्ने गरी ताल ठेक्कामा लिई मछापालन थालिएको हो । 

भारतको बङ्गालबाट रु २७ लाखमा विभिन्न प्रजातीका माछाका भुरा ल्याई तालमा राखेको व्यवसायी बमले बताउनुभयो । वार्षिक रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई