साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघ"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रासायनिक मल मात्रै बेच्छन् सहकारी पसल

२५ श्रावण २०७३, मंगलवार १०:२६

साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघि २२ वटा सहकारीलाई प्रति सहकारी रु एक लाखका दरले अनुदान उपलब्ध गराएको थियो । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर खातीले अधिकांश सहकारी पसलको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो । 

“अनुगमन गर्दा सुपथ मूल्यका पसलमा रासायनिक मल मात्र बेच्ने गरेका पायौँ,” उहाँले भन्नुभयो– “केही पसल निष्क्रिय अवस्थामा छन् ।” सञ्चालनमा रहेका पसलले वार्षिक रु ४० हजारदेखि रु ६० हजारसम्म आम्दानी गर्दै आएका छन् । 

सहकारीमा आबद्ध सदस्यहरुलाई सुपथ मूल्यमा सामान उपलव्ध गराउन खोलिएका ती सहकारीले बेच्ने रासायनिक मल बजार मूल्यभन्दा महँगो पाइएको छ । सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न आव २०६५÷६६ मा भीमदत्तनगरपालिका क्षेत्रमा तीनवटा, अन्य नगरपालिका र गाविसमा १९ वटालाई अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ । 


ताल भाडामा लिएर माछापालन 

देखतभूली गाविसमा गडबिजुला ताल भाडामा लिएर दुईजना युवा व्यवसायीले माछापालन व्यवसाय थाल्नुभएको छ । 

कृष्णपुर नगरपालिका– २ का सुरेन्द्रबहादुर बम र ध्रुव भट्टराईले संयुक्त रुपमा ताल भाडामा लिई माछापालन गरेका हुन् । जिविसबाट पाँच वर्षका लागि रु २७ लाख भाडा तिर्ने गरी ताल ठेक्कामा लिई मछापालन थालिएको हो । 

भारतको बङ्गालबाट रु २७ लाखमा विभिन्न प्रजातीका माछाका भुरा ल्याई तालमा राखेको व्यवसायी बमले बताउनुभयो । वार्षिक रु सात लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक