वैशाख २७, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालहरुले पार्टी विभाजन गरेमा आफूहरु पनि उनीहरुसँगै नयाँ पार्टीमा सहभागी हुने घोषणा गरेका छन् ।
नेकपा एमालेमै बसेर समानान्तर गतिविधि गर्ने र कमिटीहरु बनाउने विषयमा आफू सहमत हुन नसक्ने तर पार्टी विभाजन भएमा आफूसमेत सहभागी हुनेले बताएका हुन् ।
नेकपा एमाले एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ को जेठ २ गतेमा फर्किनुपर्ने बताएपछि अध्यक्ष ओली त्यो पक्षमा नरहेको बताएका छन् ।
२०७५ को जेठ २ गतेको अवस्थामा फर्कन नमानेकोले आफूले ओलीलाई साथ दिन नसक्ने गौतमले बताएको उनको सचिवालयले जनाएको छ ।