३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमध्य सागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे

२७ बैशाख २०७८, सोमबार ०९:०२

वैशाख २७, रोम (रासस–एपी) | भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।

लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्य सागरको फाइदा उठाउँदै ठूलो संख्यामा आप्रवासी इटाली पठाएको बताउनु भएको छ ।

लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिनुभयो । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यतिठूलो संख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो । 

मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपिल गर्नु भएको छ । 

अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा नौ वटा डुङ्गा लाम्पेडुसामा आइपुगेका थिए । यहाँ आप्रवासीको दर्ता र शरणका लागि अनुरोध गर्ने व्यवस्था छ । 


इटालीका संचार माध्यमहरुले भूमध्य सागरमा केही माइलभित्र देखा परेका यी डुङ्गालाई इटालीका तट रक्षकहरुले लाम्पेडुसा द्वीपतर्फ ल्याएका थिए । लाम्पेडुसा खासगरी पर्यटन र माछा मार्न प्रख्यात टापु हो । यो ठाउँ इटालीको मुख्य भूभाग भन्दा निकै टाढा, तर उत्तरी अफ्रिकासँग बढी नजिक छ ।  

सिसिलीस्थित एक अखबार इल जियोरनाल डी सिसिलियाले आप्रवासीहरु काठ वा धातुले बनेको डुङ्गामा चढेर आएको लेखेको छ । यीमध्ये अधिकांश आप्रवासीहरु बंगलादेश र ट्युनिसियाबाट आएको बताइएको छ । अधिकांश आप्रवासी पुरुषहरु रहे पनि केही महिला र बालबालिका पनि छन् । 

शरणार्थीहरुले इटाली हुँदै युरोपका अन्य देशमा शरण लिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड