३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा अब घरै बसेर कोरोना परीक्षण गर्न सकिने

२९ बैशाख २०७८, बुधबार ०५:३४

वैशाख २९, काठमाडौं (एजेन्सी)। दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै उपलब्ध हुन थालेको हो ।

जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट बुधबारदेखि सजिलै किन्न सकिन्छ । यसबाट केवल १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिन्छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७ हजारदेखि ९ हजार वोन अर्थात ७ सयदेखि ९ सय रुपैयाँसम्म पर्छ ।

आफैं परीक्षण गर्न मिल्ने किटले अहिले अन्य देशहरुमा पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । कोरोनाको शंका लागेमा वा लक्षण देखिएमा प्रारम्भिक परीक्षणको लागि सजिलै घरमा रिजल्ट हेर्न सकिने हुँदा अस्पतालमा हुने भीडभाडमा कमी तथा कोरोना संक्रमण दर कम हुने भएकाले दक्षिण कोरियाली सरकारले यो किट सर्वसाधारणलाई उपलब्ध गराउन थालेको हो ।

यो किटको प्रयोगकर्ताले नाकबाट स्वाबको नमुना संकलन गरी परीक्षण गर्न सक्नेछन् । पोजेटिभ रिपोर्ट प्राप्त भएमा उनीहरुलाई पीसीआर टेष्ट तथा अन्य परीक्षणका लागि सिफारिस गरिन्छ । संक्रमितको परीक्षण क्षमता बढाउन सरकारले यो नीति अवलम्वन गरेको हो । सोमबार मात्रै कोरियामा ४ सय भन्दा बढी नयाँ संक्रमित देखा परेका थिए ।

अन्य देशको तुलनामा यो सामान्य संख्या भए पनि भाइरस नियन्त्रणमा कोरियाले उच्च सतर्कता अपनाइरहेको छ । कोरोनाको कारण हुने मृत्युदर भने कोरियामा नगन्य छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड