३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

३० बैशाख २०७८, बिहीबार ०७:४७

वैशाख ३०, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ । 

मन्त्रालयका अनुसार दैनिक कोभिड–१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । 

भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कफ्र्यु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । 

सरकारले कोभिड–१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड