२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कोरोना उपचार र रोकथाममा सुनवलबाट सिक्ने कि !

९ जेष्ठ २०७८, आईतवार ०८:०९

मोहन पौडेल । जेठ ९, परासी (रासस) ।  कोरोना  सङ्क्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको  छ । अस्पतालमा विशेषज्ञ चिकित्सक सहित दश श्ययाको एचडियू र १९ श्ययाको अक्सिजन जडित आइसोलेशन रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामै सुविधायुक्त अस्थायी कोभिड अस्पताल शुरु भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बाहेकका  सङ्क्रमितको उपचारमा सहज भएको नगरप्रमुख भीमबहादुर थापाले राससलाई जानकारी दिनुभयो । 

सुनवल–१ सोमनाथस्थित बाल सिकाइ केन्द्रको दुईतले भवनमा  अस्पताल सञ्चालन गरिएको छ  ।  पहिलो तलामा अक्सिजनसहितको आइसोलेशन र दोस्रो तलामा एचडियू सेवा  छ । भवनको नजिकै रहेको सुनवल जेसिजको भवनमा २४औँ घण्टा एकजनाको दरले स्वास्थ्यकर्मी रहने गरी सचिवालय बनाइएको छ । 

अहिले १४ सङ्क्रमितको अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । एचडियू सञ्चालनका लागि सर्वाेत्तम सिमेन्ट उद्योग प्रालिले करीब रु ७० लाख बराबरको मेडिकल उपकरणसहितको सामग्री उपलब्ध गराएको हो ।  अस्पतालमा अहिले दुई चिकित्सक र १२ स्वास्थ्यकर्मी रहेको उक्त अस्पतालका डा चन्द्रशेखर यादवले बताउनुभयो । एचडियू सेवाका लागि थप तीन चिकित्सक थप्न लागिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो । 

कोभिड सङ्कट व्यवस्थापनमा सुनवल  जिल्लामै नमूना र अब्बल रहेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय बताउनुहुन्छ । “सुनवलमा व्यवस्थित तरिकाले कोरोना नियन्त्रणको प्रयास गरेको पाइएको छ, राम्रो व्यवस्थापन र स्तरीय सेवा दिएको छ, जनप्रतिनिधि, कर्मचारी तथा सुनवलवासी सबैको सक्रियता र सहयोगले यो सम्भव देखिएको हो”, उहाँले भन्नुभयो । 

स्वास्थ्य कार्यालयका अनुसार हाल सुनवलमा ४३५ सक्रिय सङ्क्रमित रहेका छन् भने ३३ ले  सङ्क्रमणबाट ज्यान गुमाउनुपरेको छ । नगरपालिकाले होम आइसोलेशनमा बसेका सङ्क्रमितको पनि घरमै पुगेर उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ । होम आइसोलेशनमा बसेकालाई अक्सिजन आवश्यक पर्दा तत्कालै उपलब्ध गराउने गरिएको छ भने चिकित्सकको परामर्श र १३ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । 

पिसिआर जाँच गर्न चाहनेका लागि नगरपालिकाले हरेक दिन बुटवलसम्म लैजाने ल्याउने गरी यातायातको सुविधा व्यवस्था गरेको छ । नगरपालिकाले कोभिडको कारणले मृत्यु हुनेको घरमा कन्ट्याक्ट टे«सिङमा परेकालाई एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको छ । नगरपालिकासँग रहेका तीनवटा एम्बुलेन्समध्ये एउटा कोभिड बिरामी बोक्न, एउटा अन्य बिरामी बोक्न र एउटा सुत्केरी बोक्न प्रयोग गरिएको छ । 

कोभिड सङ्कट व्यवस्थापन र सङ्त्रमणबाट नागरिकको ज्यान जोगाउन नगरपालिकाले थप रु २५ लाख बजेट रकमान्तर गरेको छ । अस्पतालका डा यादवले अधिकांश बिरामीहरु जटिल अवस्था भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या भइरहेको बताउनुुहुन्छ । यसअघि बर्दघाट नगरपालिकाले पनि एचडियूसहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सात स्थानीय तह र जिल्ला अस्पतालमा गरी १०३ श्ययाको अक्सिजनसहितको आइसोलेशन श्यया रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने