३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा संक्रमण दर घट्ने क्रम जारी, २० करोड ५७ लाखले लगाए खोप

१४ जेष्ठ २०७८, शुक्रबार ०८:३८

जेठ १४, काठमाडौँ (रासस–एएनआई) | कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । 


तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ । 

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड ५७ लाख डोज खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’