प्रेम सुनार | साउन–२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | साउन–२"/>

2026-10-29 12:53 AM
गुल्मी - GLM

जसले चन्दा उठाएर तेक्वान्दोमा भिड्यो र देशकै शिर उचो पार्यो


प्रेम सुनार | साउन–२७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको वालमन्दिर लाईनमा डेरा गरेर बस्ने र दैनिक मजदुर गरेर जिविका चलाउने १८ वर्षिय विरेन्द्र कुँवर दिनमा मजदुरी गरेपनि विहान र साँझको समय खेल क्षेत्रमा दिदै आएको युवक हुन् ।

गत चार वर्ष देखि गुल्मीका आईटिएफ तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक भिम ज्ञवालीबाट उक्त खेल सिक्दै आएका उनले  देश भित्रका धेरै प्रतियोगितामा सहभागि भएर स्वर्ण पदक लगायतका पदकहरु जित्दै आएका थिए । देश भित्र समुहगत रुपमा  भाग लिन उनलाई कुनै समस्या थिएन । तर शौभाग्ले हालै भारतको बैङलोरमा सम्पन्न ५ औं साउथ एशियन  आईटिएफ तेक्वान्दो च्याम्पीयनशिपमा उनि छनौट भए पछि भने उनलाई त्यहाँ पुग्ने खर्च जुटाउन निकै  समस्या आई पर्यो ।

उनले जिल्ला खेलकुद विकास समितिको सहजीकरणमा विभिन्न संघ– संस्था र व्यक्ति संग समेत चन्दा संकलन गरेर लागे त्यस तर्फ । नभन्दै उनि त्यहाँ पुगेर  पनि पुगे जस्तै भयो । नेपालबाट त्यस खेलमा भाग लिन  त्यहाँ पुगेका ८ जना खेलाडी मध्ये  उनि स्वर्ण पदक सहित सवै भन्दा बढि पदक जित्ने खेलाडी बनेर गुल्मी जिल्लावासीको मात्र नभई सिङ्गो देशकै शिर उचो पारी दिए ।

दक्षिण एशियाका सात मुलकका ४६ केजी तौल समुहका प्रतिस्पर्धीलाई पछार्दै उनले एक स्वर्ण सहित अन्य विभिन्न चार पदक लिएर गुल्मी जिल्ला फर्केका उनलाई  जिल्ला खेलकुद विकास समितिले आज  उनलाई स्वागत एवं सम्मान गर्यो ।

समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी भन्छन्–‘ उनको आर्थिक अवस्था निकै कमजोर रहेको छ , तर पनि उनले हामीलाई सहयोग संकलन गर्न लगाएरै भए पनि बैङलोरमा खेल्न गए र जिल्लावासीको मात्र नभई सिङ्गो देशकै शिर उचो पारेर फर्किदा अत्यन्तै खुशी र गौरव महशुस भएको छ । ’

त्यस खेल समितिका सल्लाहकार मनोज काउछाले पनि कम्जोर आर्थिक अवस्थाका वावजुद पनि कुँवरले सघर्ष गरेरै गेममा भाग लिएको र देशको ईज्जत राखेर फर्किएकोमा गौरव लागेको प्रतिकृया दिए ।  स्वर्ण पदक विजेता कुँवरले आफुलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले  सहयोग गरेर वैङलोरमा खेल्न पठाएको प्रति आभार प्रकट गर्दै भने–‘ मलाई आगमी दिनमा राज्य र विभिन्न संघ संस्थाहरुले सहयोग गरे आफुले यो भन्दा थप सफलता हात पार्ने बताए ।  उनको घर रेसुङ्गा नगरपाललिका–३, अर्थात साविकको अर्खले व्यँहोरो गाउँमा भए पनि गरी खाने जमिन कम भएका कारण उनका वाव आमा सहित स–परिवार वर्षौं अघि देखि  सदरमुकाममा वसेर मजदुरी गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ