साउन २८, काठमाडौं । कतारले विभिन्न क्षेत्रको चर्को दवावपछि कफला सिस्टम खारेज गर्ने निर्णय गरेको छ । कमादारको हित विपरित रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं । कतारले विभिन्न क्षेत्रको चर्को दवावपछि कफला सिस्टम खारेज गर्ने निर्णय गरेको छ । कमादारको हित विपरित रहेको"/>
2026-09-03 03:17 PM
काठमाडौँ - KTM

कतारमा कफला सिस्टम खारेज, बैदेशिक रोजगारीमा जाने कामदारलाई यस्तो अधिकार दिइयो !

साउन २८, काठमाडौं । कतारले विभिन्न क्षेत्रको चर्को दवावपछि कफला सिस्टम खारेज गर्ने निर्णय गरेको छ । कमादारको हित विपरित रहेको कफला सिस्टम १३ डिसेम्बर २०१६ बाट कार्यन्वयनमा आउने गरि खारेज भएको हो । यसका लागि सबै प्रक्रिया पुरा भएको र सो मितिबाट पुर्णरुपमा कार्यन्वयनमा आउने कतारका सञ्चार माध्यमले जनाएका छन् । 

कफला सिस्टम खारेज भएपछि कामदारलाई त्यहाँ रोजगारी गर्न तथा आवत जावतमा सहज हुनेछ । यो निर्णयले रोजगारदाताको बन्धनमा बाँधिनु पर्ने कामदारको बाध्यता हट्ने छ भने  थप अधिकार पाउने छन् । कफला सिस्टममा रोजगारदाताले चाहेमा कामदारलाई अप्ठेरो पार्न सक्छ । रोजगारदाताकै कारण भिसा सकिएर फर्किएका कतिपय कामदार दुई वर्षसम्म जान पाउँदैनथे । 

अहिले कतारमा पुनः जानका लागि पहिलाको रोजगारदाता कम्पनीले नो अब्जेक्सन प्रमाणपत्र दिनुपर्ने नियम छ । कम्पनी यस्तो पत्र नदिए त्यहाँ फेरि काम गर्न पाईंदैन । तर अव यो नियम हटेको छ । 

नयाँ नियम अनुसार स्पोन्सरसिप सिस्टम समेत हट्ने छ कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने छन् । कामको करार पत्रमा आप्रवासी कामदारले कतार पुग्नु पहिले नै हस्ताक्षर गरेको हुनुपर्ने छ । अहिले कतारमा कार्यरत कामदारको पनि सोहि अनुसार सम्झौता परिवर्तन गरिने छ । रोजगारदातासँग नयाँ करार पत्रमा हस्ताक्षर हुने छ । 

कतारबाट फर्किएको दुईवर्ष पछि मात्रै जान पाउने कफला सिस्टम हटाइसकेपछि कतार जान पर्खिरहेका कामदार तत्काल जान पाउने छन् । पुरानो रोजगारदाताबाट अनुमति लिनु नपर्ने सिमा पासपोर्ट तथा आप्रवासी विभागका उपनिर्देशक व्रिगेडियर महमद अहमद अल अतिकले बताउनुभयो । 

पहिलाका यस्ता बन्देज हटाइएकाले यो नियम लागुभएपछि फर्किएकै भोलिपल्ट पनि नयाँ भिसामा कतार जान सक्ने प्रष्ट पारिएको छ । यस्तै रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट अनावश्यक राख्न नपाउने र राखेमा १० हजार देखि २५ हजार रियाल सम्म जरिवाना तिर्नु पर्नेछ । कामदारलाई आधिकारिक स्वीकृति नलिई अन्य रोजगारदाताकोमा काम गर्न पठाएमा ५० हजार कतारि रियल जरिवाना र तीन वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ । 

अब गरिने करार पत्रले कामदार र रोजगारदाताबीचका शर्त सुरुमै प्रस्ट पार्ने भएकाले कामदारलाई ठगिनबाट बचाउने छ । कफला सिस्टम लागुहुँदा म्यानपावर सञ्चालकले दुई किसिमको सम्झौता पत्र दिएर कामदार झुक्याउँदै आएका छन् । नेपालमा एउटा करार पत्र गराएर पठाउने र उहाँ अर्कै करार पत्रमा हस्ताक्षर गरार कामदार ठग्दै आएका छन् । यो नियम कार्यन्वयनमा आएपछि ठगी कार्य बन्द हुने अपेक्षा गरिएको छ । 

नयाँ नियम अनुसार घर फर्किन कम्पनीको अनुमति लिनुपर्ने छैन । सम्झौता अवधि सकिएपछि कामदार कम्पनीलाई जानकारी दिएर सहजै फर्किन सक्नेछन् । कुनै अभियोग लगाएर कामबाट निकालिएका कामदारले भने अदालतमा अपिल नगरे वा गरेर पनि दोषी ठहरिए ४ वर्षसम्म पुनः जान पाउने छैनन् । अदालतको फैसलापछि स्वदेश फर्किएका कामदार कतारको गृह मन्त्रालयको अनुमतिमा मात्रै कतार जान पाउने छन् । 

नयाँ नियम अनुसार आप्रवासी कामदारले करार अवधी सकिएपछि अथवा ५ वर्ष सम्म एउटै कम्पनीमा काम गरिसकेपछि सरकारको अनुमतिमा कम्पनी परिवर्तन गर्न सक्ने छन् । तर एउटै कम्पनीमा ५ वर्ष भन्दा बढिको सम्झौता हुने छैन । यस्तै करार अवधि हुँदै कम्पनी परिवर्तन गर्न चाहेमा भने रोजगारदाता र सम्बन्धित सरकारी निकायको स्वीकृति लिनुपर्ने छ । 

करार अवधि भित्रै स्वदेश फर्किन चाहाने कामदारले गृह मन्त्रालयमा आवेदन दिएर तीन दिनभित्रमा स्वीकृति पाउने छन् । तर आकस्मिक फर्किनु पर्ने कामदारको हकमा भने दुई पक्षको सहमतिमा तत्काल फर्किन दिइने उल्लेख छ । 

नयाँ रोजगारदाताले काम दिएमा पुरानो रोजगारदाताबाट अनुमति लिनुपर्ने छैन । आफूले करार सम्झौता गरेको कम्पनी बन्द भएमा अथवा रोजगारदाताको मृत्यु भएमा गृह मन्त्रालय र श्रम मन्त्रालयको स्व्किृतिमा अर्को कम्पनीमा काम गर्न पाइने छ । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए