२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कचनकबलको सर्पदंश उपचार केन्द्रले पायो अनुमति

२०७८, ३० जेष्ठ आईतवार ०४:५८

जेठ ३०, झापा | स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिनुभयो ।

महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकताअनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेशसभा सदस्य वसन्त बानियाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले प्रदेश नं १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ । 

झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो । हाल झापाको चारआली र दमकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।कचनकबलको बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । सामाजिक सञ्जालमा सर्वसाधारणदेखि राजनीतिक दलका नेता र जनप्रतिधिहरुले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिका रूपमा चर्चा गरिरहेका छन् ।

“कचनकबलबासीको लामो समयदेखिको चाहनाकारूपमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालन स्वीकृति प्राप्त भएको समाचारले असाध्य खुशी तुल्याएको छ”, झापा क्षेत्र न. ३ का निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यसका लागि प्रयत्न गर्ने सबैलाई धन्यवाद ।”

आगामी असार ३ गते लिङ्देनले केन्द्रको विधिवत् उद्घाटन गर्नुहुने र सोही दिनबाट उपचार शुरु गरिने गाउँपालिका अध्यक्ष आलमले बताउनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाले सर्पदंश उपचारका लागि रु सात लाख बजेटको व्यवस्था गरेको थियो ।

सर्पदंश उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै दुई जना स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको र एक जना एमबीबीएस तहका चिकित्सकसमेत नियमित उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । हाल प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीका लागि अक्सिजनको सुविधा छ । अध्यक्ष आलमले भेन्टिलेटरको अभाव रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी